• होमपेज
  • नेपाल पक्षले बुधबारका लागि बोलायो स्थायी कमिटी बैठक
Breaking News

नेपाल पक्षले बुधबारका लागि बोलायो स्थायी कमिटी बैठक

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसद्हरुसँग मंगलबार छलफल गरेका माधव नेपालले बुधबारका लागि आफू पक्षको स्थायी कमिटी बैठक बोलाएका हुन्।

विज्ञापन

देउवालाई विश्वासको मत दिने एमालेका सांसद्हरुलाई अध्यक्ष केपी शर्मा ओली पक्षले स्पष्टीकरण सोध्ने प्रक्रिया अगाडि बढाएको छ। सोमबार बसेको सो पक्षको केन्द्रीय कमिटी बैठकले २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तर, पत्र भने पठाइएको छैन।

मंगलबारको भेलामा नेपाल पक्षका सांसदहरूले नेता नेपाललाई कानुनले दिन्छ भने नयाँ पार्टी बनाएर जानुपर्ने सुझाएका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook