• होमपेज
  • जलजलाको प्रमुख प्रशासकीय अधिकृतमा क्षेत्री
जलजला गाउँपालिका

जलजलाको प्रमुख प्रशासकीय अधिकृतमा क्षेत्री

पर्वत ‌ । जलजला गाउँ पालिका पर्वतको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा राजेन्द्र बहादुर क्षेत्री सरुवा भएका छन् ।
गाउँपालिका‌मा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अर्जुन पौडेल सरुवा भएपछि क्षेत्रीले पदभार ग्रहण गरेका हुन ।
पौडेल मुख्य मन्त्री कार्यलय गण्डकी प्रदेशमा सरुवा भएका छन् । प्रमुख प्रशासकीय अधिकृतको रूपमा पदभार ग्रहण गरेका क्षेत्रीलाई गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले स्वागत गरेका छन् ।
पदभार ग्रहण गरेपछि क्षेत्रीले कार्य सम्पादन गर्दा न्यायोचित र निश्पक्ष ‌तरिकाले गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
क्षेत्रीलाइ स्वागत गर्दै अध्यक्ष मल्लले जनताले दुःख नपाउने गरी कर्मचारी प्रणाली मार्फत काम गर्न निर्देशन दिएका छन् । क्षेत्री नगरपालिका बाट सरुवा भएर जलजलामा गएका हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook