• होमपेज
  • एमाले स्थायी कमिटी बैठक सर्वोच्चको भोलिको फैसलापछि
Breaking News

एमाले स्थायी कमिटी बैठक सर्वोच्चको भोलिको फैसलापछि

काठमाडौं । आज बस्ने भनिएको नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । साँझ बस्ने भनिएको बैठक स्थगित गरी सर्वोच्च अदालतको भोलिको फैसलापछि बस्ने तय भएको छ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बैठक स्थगित भएको जानकारी दिए । उनले भोलिका लागि बैठक बस्ने बताए ।

विज्ञापन

यसैगरी, नेकपा एमालेको एकता कायम गर्न गठित कार्यदलको बैठकले आज पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलाउन सकेन ।

कार्यदलको बैठकले मस्यौदा तयार गरी ओली र नेपाललाई हस्ताक्षरको वातावरण बनाउन खोजेको थियो । तर, नेता नेपालले अदालतको आदेशयता सहमति नगर्ने स्पष्ट पारेपछि हलो अड्कियो ।

अहिले कार्यदलको बैठकबाट विष्णु पौडेल निस्किएका छन् । तर, उनले कुनै प्रतिक्रिया दिएनन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook