• होमपेज
  • अदालतलाई प्रभावित गर्ने सहमति मान्न सकिदैन – माधव नेपाल
Breaking News

अदालतलाई प्रभावित गर्ने सहमति मान्न सकिदैन – माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अदालत प्रभावित हुनेगरी कुनैपनि सहमति र सम्झौता नगर्ने स्पष्ट पारेका छन् । एमाले वार्ता टोलीका सदस्यहरु आइतवार विहान नेपाल निवास कोटेश्वर पुगेका थिए ।

कोटेश्वर पुगेका वार्ता टोलीका सदस्यहरुलाई सर्वाेच्च अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता नहुँने र अदालतलाई प्रभावित गर्नेगरी कुनैपनि सहमति नगर्न निर्देशन दिएका छन् । सम्मानजनक पार्टी एकता नभए आफु मान्यपक्षमा नरहेको बताउँदै नेता नेपालले अदालतको फैसलाभन्दा अगाडी सहमति गर्न नहुँने सल्लाह दिएका छन् । तर वार्ता टोलीका सदस्यहरु भने सहमतिका लागि अदालतको फैसला कुर्नुनपर्ने पक्षमा छन् ।

विज्ञापन

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले सर्वाेच्च अदालतमा बुझाइएका हस्ताक्षर फिर्ता नलिने आफ्नो बटमलाइन भएको बताएका छन् । ‘अदालतमा बुझाइएका हस्ताक्षर फिर्ता हुँदैनन्, यो हाम्रो वटमलाइन हो’, वार्ता टोलीका सदस्यहरुलाई भने ।

नेता नेपालसँग छलफल गरेपछि नेपाल समुहका वार्ता टोली सदस्यहरु सिंहदरवार पुगेका थिए । सिंहदरवारमा अहिले दुई पक्षबीच छलफल चलिरहेको छ । सर्वाेच्च अदालतमा बुझाइएका हस्ताक्षर पिर्ता नलिने तर आजै सहमतिमा हस्ताक्षर हुनसक्ने नेताहरुले दावी गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook