• होमपेज
  • पर्वतको अर्मादीमा पहिरो हटाउन बम ब्लाष्टको तयारी
गण्डकी प्रदेश

पर्वतको अर्मादीमा पहिरो हटाउन बम ब्लाष्टको तयारी

पर्वत । राष्ट्रिय लोकमार्ग अन्तर्गतको मध्यपहाडी लोकमार्ग यति बेला अस्तब्यस्त भएको छ । लोकमार्गको पर्वत खण्ड अन्तर्गत विभिन्न ठाउँमा पहिरो जाँदा लोकमार्गको विभिन्न ठाउँ अवरुद्ध भएका छन् । अवरुद्ध केहि ठाउँका पहिरो हटाए पनि कुश्मा नगरपालिका वडा न २ अर्मादीमा गएको पहिरो भने २ दिन अबेलासम्म पनि हटेको छैन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार उक्त पहिरो हटाउनका लागि २ दिनसम्म प्रयास गरे पनि दोस्रो दिन अवेलासम्म पहिरो हटेको छैन् । २ वटा डोजर मार्फत पहिरो हटाउन प्रयास गरे पनि पहिरो हटाउन नसकिए पछि वैकल्पिक ब्यवस्था गर्न लागिएको प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले जानकारी दिए । बुढाथोकीका अनुसार आइतबार देखि बम ब्लाष्ट गरेर पहिरो हटाउने तयारी गरिएको छ ।

विज्ञापन

डोजरले पहिरो हटाउन नसक्ने देखिए पनि बम ब्लाष्टको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख समेत रहेका बुढाथोकीले जानकारी दिए । २ दिन देखि पहिरोका कारण मध्य पहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध बनेको छ ।

उक्त सडक अवरुद्ध हुँदा ठूला सवारी साधन बाटोमै अलपत्र परेका छन भने साना सवारी साधन भने वैकल्पिक मार्ग प्रयोग गरीरहेका छन् । जिल्लाको कुश्मा २ खुर्कोटको अर्मादी देखि कुश्मा १ पाङ हुँदैको सडक प्रयोग गरी साना सवारी साधन मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक प्रयोग गरीरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook