काठमाडाैं- महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका ७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट दुई पुरुष र एक युवतीलाई रंगेहात पक्राउ गरिएकाे हाे।
गस्ती गएको प्रहरीले प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट निर्वस्त्र अवस्थामा उनीहरुलाई पक्राउ गरेकाे स्रोतले बतायो।
विज्ञापन
पक्राउ पर्नेहरुमा गाडी चालक सिन्धुपाल्चोक पाङ्ग्रेटार घरभई भक्तपुर बस्ने ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका ६ का ३८ वर्षीय शम्भु कार्की र दोलखाकी २१ वर्षीय युवती छन्।
प्रहरीले चालक र युवतीलाई बुधबार राति नै पक्राउ गरेको हाे। चालकका नातेदार कार्की प्रहरी देख्ने बित्तिकै फरार भएका थिए। उनलाई बिहीबार नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ।
फेसबुक प्रतिक्रियाहरु