• होमपेज
  • अपडेट : पर्वतमा बाढीले बगाएको गाडी भेटियो, यात्रुको अवस्था अज्ञात
Breaking News

अपडेट : पर्वतमा बाढीले बगाएको गाडी भेटियो, यात्रुको अवस्था अज्ञात

पर्वतको कुस्मामा गएराति बाढीले बगाएको गाडी फेला परेको छ। बगेको ठाउँबाट डेढ किमी तल मोदी नदीमा प्र.३–०१०२३च३६४२ नम्बरको गाडी फेला परेको फेला परेको हो ।

गाडीमा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माणमा खटिएका लामा कन्ट्रक्सनका साइट इन्चार्ज ओभरसियर राजाराम आचार्य, गाडी चालक इन्द्र थारुसहितका यात्रु सवार थिए। सुरुमा प्रहरीले गाडीमा अर्का स्थानीयसहित तीन जना सवार रहेको जानकारी गराए पनि स्थानीयले भने ओभरसियर आचार्य र चालक चौधरीमात्रै सवार रहेका बताएका छन्।

विज्ञापन

मोदी नदीको बीचमा कारको केही भाग देखिएको छ, त्यसमा सबार यात्रुको अवस्था भने अज्ञात छ। उनीहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी शिवराज बुढाथोकीले जानकारी दिए। मोदी नदीमा अहिले पनि ठूलो बाढी आइरहेकाले गाडी निकाल्नका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्रयास गरिरहेको छ ।

उनीहरु सडक निर्माणस्थलबाट बास बस्ने क्याम्पमा जाँदै गर्दा एक्कासी उर्लिएर आएको खहरे खोलाको बाढीमा परेका स्थानीयले बताएका छन्। उद्धारको लागि अहिले गण्डकी प्रदेशको विपत व्यवस्थापन गुल्मका सुरक्षाकर्मी, सशस्त्र र नेपाली सेनाको टोली परिचालन भएको छ।

सुन्दरे खोलामा माथिबाट पहिरो आएर सडकको कल्भर्ट पुरिएपछि बाढी अनियन्त्रित भएको स्थानीयवासीले बताए । बाढिले ३ वटा पसल र टहरा बगाएको छ । दोबिल्ला फलेवास सडक अबरुद्ध बनेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook