• होमपेज
  • पहिरोले गाडी बगाउँदा सडक इन्जिनियर सहित ३ जना वेपत्ता
Breaking News

पहिरोले गाडी बगाउँदा सडक इन्जिनियर सहित ३ जना वेपत्ता

पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवा स्थित सुन्दरे खोलाले गाडी बगाएको छ । अविरल बर्षातसंगै आएको बाढिका कारण मध्य रातमा गाडी बगाउँदा ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीले जानकारी दिए ।

प्रहरी नायव उपरिक्षक बुढाथोकीका अनुसार मध्यपहाडी लोकमार्गमा कार्यरत २ जना कर्मचारी वेत्तपा भएको पुष्टि भएको छ । वेपत्ता हुनेमा साइड इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारुको पहिचान भएको बुढाथोकीले जानकारी दिए ।
रातको समयमा गाडीलाई खोलाले बगाएका कारण गाडीमा अर्को को ब्यक्ति थिए उनको पहिचान अझै नभएको प्रहरीको भनाई छ । गाडीमा ३ जना सवार रहेको प्रहरीले पुष्टि गरेको छ । वेपत्ता उनीहरुको मध्यरात देखि नै खोजी कार्य जारी रहे पनि हालसम्म पनि पत्ता नलागेको प्रहरीले जनाएको छ । पहिरोले बगाएको गाडि भने मोदि खोलामा फेला परेको छ ।

विज्ञापन

प्रहरी नायव निरिक्षक बुढाथोकीले अझै पनि खोजी कार्य जारी रहेको जानकारी दिए । मध्यपहाडी लोकमार्ग अन्तर्गत दोविल्लामा रहेको सुन्दरे खोलामा बाढि आउँदा गाडी बगाएको प्रारम्भिक अनुसन्धान रहेको प्रहरीको भनाई छ । वेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook