• होमपेज
  • इटालीविरुद्ध स्पेनः को जित्ला ?
खेलकुद

इटालीविरुद्ध स्पेनः को जित्ला ?

समाचार विश्लेषण । विश्वकप जितिसकेका फुटबलका दुई महाशक्ति इटाली र स्पेनबीच युरोकपको सेमिफाइनल प्रतिष्पर्धा हुँदैछ । दुवै टोली उत्कृष्ट लयमा रहेकाले कस्ले जित्छ भन्ने अनुमान लगाउन कठिन छ ।

फिफा वरियतामा स्पेन छैठौं र इटाली सातौं नम्बरमा छन् । यसकारण पनि दुई टोलीको स्तरमा खासै फरक छैन । तर, खेल्ने शैली भने निकै फरक छ ।

विज्ञापन

स्पेनका खेलाडी बल आफ्नै पक्षमा मात्र पारिरहने गरी खेल्छन् । उनीहरु मिलाउँदै लगेर विपक्षीको पोष्टमा आक्रमण गर्न नहतारिइकन प्रयास गर्छन् । तर, इटाली आक्रामक फुटबल खेल्छ । बल आफ्नो पक्षमा पार्नेभन्दा विपक्षीको पोष्टमा आक्रमण गर्न हतारिन्छन् ।

इटाली ४ पटक विश्वकप विजेता राष्ट्र हो । सन् १९३४, १९३८, १९८२ र २००६ मा इटालीले विश्वकप जितेको छ । त्यसैले फुटबलमा इटालीको गर्वलायक इतिहास छ । तर, गत विश्वकपमा इटाली छनोट नै भएन । सन् २०१० र २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरियो । तर, यसपटक रोबर्टो मान्सिनीबाट प्रशिक्षित इटाली बलियो भएको छ ।

स्पेन सन् २०१० को विश्वकप विजेता हो । स्पेनमा व्यवसायिक फुटबल निकै चलेको छ । त्यहाँ राम्रा खेलाडीको उदय हुने गरेको छ । सन् २०१४ र २०१८ को विश्वकपमा स्पेनको प्रदर्शन कमजोर रह्यो । अहिले उसको खेल सुधारिएको छ ।

स्पेनले युरोकपको सेमिफाइनल यात्रा तय गर्न स्वीजरल्यान्डमाथि कठिन जीत हासिल गरेको हो । निर्धारित समयमा ११ को बराबरीपछि अतिरिक्त समयमा पनि गोल नभएपछि पेनाल्टी सुटआउनमा ३१ ले जितेको हो । अन्तिम १६ मा क्रोएशियामाथि ५३ को जीत हासिल गरेको थियो ।

इटालीले क्वाटरफाइनलमा फिफा वरियतामा पहिलो नम्बरमा रहेको बेल्जियममाथि २१ को जीत निकालेको थियो । बेल्जियमलाई जितेपछि इटाली झन् उत्साही भएको छ । अन्तिम १६ मा अष्ट्रियामाथि २१ को जीत निकालेको थियो ।

इतिहास इटालीको पक्षमा छ । उसले ४ पटक विश्वकप जितेको छ भने स्पेनले एक पटक मात्र जितेको छ । तर, अघिल्ला विश्वकपको नतिजा हेर्दा दुवैको खेल खस्किएको छ । युरोकपमा भने दुवै टोलीले सशक्त प्रदर्शन गर्दै आएका छन् ।

इटालीको टिम वर्क राम्रो छ । ३६ वर्षीय भेट्रान रक्षक चियलिनी, अग्रपंक्तिबाट खेल्ने इन्सिग्ने र भेराटीका अलावा अलराउन्डर खेल्न सक्ने मिडफिल्डर जर्गिनो जस्ता खेलाडी छन् ।

स्पेनसँग नाम चलेका खेलाडी छन् । बस्किट्स, टोरेज, मोराटा, गार्सिया जस्ता सशक्त खेलाडी छन् । लुइस इन्रिक जस्ता अनुभवी प्रशिक्षकबाट स्पेन उत्साही छ ।
यसरी हेर्दा दुवै देशबीचको सेमिफाइनल प्रतिष्पर्धा रोचक हुने देखिन्छ । कुनैपनि मौका चुकाउँदा पनि यी दुई टोलीलाई भारी पर्न सक्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook