• होमपेज
  • तुरुन्तै टुंगो नलागेपनि समस्या समाधानको दिशामा अघि बढेका छौं: भीम रावल
Breaking News

तुरुन्तै टुंगो नलागेपनि समस्या समाधानको दिशामा अघि बढेका छौं: भीम रावल

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले पार्टीमा देखिको विवाद समाधनका लागि पुनर्जीवित गरिएको कार्यदल विषयवस्तुमा प्रवेश गरेको र भोलि (बुधबार)बाट विवादका विषयमा ठोस सहमति खोजिने जनाएका छन्।

मंगलबार सिंहदरबारमा बसेको नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माधवकुमार नेपाल पक्षबाट कार्यदलका संयोजक रहेका नेता रावलले कार्यदल पुनर्जीवित भएको अवस्थामा संगठनात्मक विषयसँग सम्बन्धित विवाद समाधान गर्नेबारे छलफल भएको र सदस्यहरुले आ-आफ्नो विचार राखेको जानकारी दिए। कसरी अघि बढ्न सकिन्छ भनेर भोलि (बुधबार) थप छलफल गरिने नेता रावलको भनाइ छ।

विज्ञापन

‘कसरी अघि जान सक्छौं भनेर भोलि (बुधबार) छलफल गर्छौं, त्यसका सन्दर्भमा थप विचार र दृष्टिकोणका साथ, टुंगो तुरुन्तै नलागने पनि समस्या समाधनको दिशामा अघि बढेका छौं,’ उनले भने।

हिजोको बैठकमा कार्यदल पुनर्जीवित भएको, यसबीचमा भएका कामहरुबारे पारस्परिक जानकारी लिने काम भएको र मंगलबारको बैठकमा विषय प्रवेश गरेको उनको भनाइ थियो।

कार्यदलमा दुवैपक्षका पाँच/पाँच जना नेता छन्। ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त छन्। नेपाल पक्षबाट कार्यदलमा नेता भीम आचार्य थप भएका छन्। उनी हिजोको बैठकमा पनि सहभागी थिए।

गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook