• होमपेज
  • नवनियुक्त मुख्यमन्त्री पोखरेलले लिए पद तथा गोपनीयताको शपथ
Breaking News

नवनियुक्त मुख्यमन्त्री पोखरेलले लिए पद तथा गोपनीयताको शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  उनलाई शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।

शपथसँगै पोखरेले ४ जनालाई मन्त्री पनि बनाएका छन् । मन्त्री बन्नेमा कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ रहेका छन् । उनीहरुले पनि पोखरेलपछि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

विज्ञापन

पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष पोखरेललाई मुख्यमन्त्री नियुक्त, गर्न दावी पेश गरेको थियो । ७१ वर्षे पोखरेल प्रदेश सभा सदस्यमा पूर्वी नवलपरासी १ (क) बाट विजयी भएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook