• होमपेज
  • नेप्सेमा नयाँ उछाड : रेकर्ड ब्रेक गर्दै २९०६.८९ विन्दुमा, कारोबार रकम पनि हालसम्मकै उच्च
अर्थ/वाणिज्य

नेप्सेमा नयाँ उछाड : रेकर्ड ब्रेक गर्दै २९०६.८९ विन्दुमा, कारोबार रकम पनि हालसम्मकै उच्च

काठमाडौं , साताको पहिलो दिन (आइतबार)  नेपाल स्टक एक्सेन्च (नेप्से) पसिूचक पनि सूचक पनि ५०.१३ अंकले बढेर २९०६.८९ विन्दुमा पुगेको छ ।  यो पनि हालसम्मकै उच्च विन्दु हो ।

आइतबार नेप्से सूचक र खरिदबिक्री रकम दुवैले अर्को नयाँ कीर्तिमान कायम गरेका छन् । आइतबार १७ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो हालसम्मकै सबैभन्दा धेरै कारोबार रकम हो । यसअघि जेठ १६ गते सर्वाधिक १७ अर्ब २ करोड ८४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

विज्ञापन

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज  २१८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ७५ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १०२ शेयरमूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थीर रहेको छ ।

कुल २१८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । १ अर्ब २१ करोड रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अघि छ । दोस्रोमा निफ्रा र तेस्रोमा लुम्बिनी विकास बैंक परेका छन् । ५ कम्पनीको भाउ ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । वाणिज्य बैंक समूहको सूचक ८९.८५ अंकले वृद्धि भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook