• होमपेज
  • योगेशद्वारा ओलीको कडा आलोचना– पद जोगाउन मधेशी दल र भारतसँग साँठगाँठ गरे !
Breaking News

योगेशद्वारा ओलीको कडा आलोचना– पद जोगाउन मधेशी दल र भारतसँग साँठगाँठ गरे !

नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाउन लागिपरेको आरोप लगाएका छन् । आफ्नो पद जोगाउन ओलीले मधेसवादी दल, भारत र पश्चिमा शक्तिसँग साँठगाँठ गरेको उनको आरोप छ ।

एमालेबाट कारवाहीमा परेका माधव नेपाल र झलनाथ खनाल पक्षका केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकलाई शुक्रवार सम्बोधन गर्दै भट्टराईले ओली प्रवृत्तिविरुद्ध आफूहरूले आठौं र नवौं महाधिवेशनदेखि नै संघर्ष गर्दै आइरहेको बताएका हुन् । ‘अहिले पार्टीमा अन्तरसंघर्ष छ, त्यो एकता र रुपान्तरणको चरणमा छ । अहिले हामीले पार्टी विभाजन गर्‍यौं भने दोष हामीमा जान्छ, ठूलो पार्टी पंक्ति एमालेको पक्षमा छ,’ भट्टराईको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘हामीलाई यताउता सोच्ने हो भने माधव नेपालले अर्को कार्यदल बनाउन सक्नुहुन्छ । आठौं र नवौं महाधिवेशनपछि हामी केपी प्रवृत्तिको विरोधमा छौं । तीमध्ये कतिपय साथीहरूले केपीलाई नै सघाउनु भएको छ, अहिले हामीलाई बदनाम गर्न लागिपर्नु भएको छ ।’

विज्ञापन

पार्टी एकता जोगाउन सकिन्छ कि भनेर नेताहरूसँगको सल्लाहमै आफूहरूले संस्थापन पक्षका नेतासँग छलफल गरेको भट्टराईले बताए ।

‘आज केपीलाई बोकेर विदेशीले नेकपा फुटाए, अहिले एमाले फुटाउन लागेका छन् । केपी ओलीले आफ्नो पद सुरक्षित गर्न मधेशी दल, भारतीय र पश्चिमासँग साँठगाँठ गरिरहेका छन् । त्यसो भएर यो पार्टी जोगाउने जिम्मा केपीको होइन, हाम्रो हो’ भट्टराईले भने ।

केही समय कतै नखुलेका योगेशले आज माधव नेपालको प्रशंसा गरेका थिए । विगतमा १२ बुँदे सम्झौता माधव नेपालका कारण सम्भव भएको र देशमा संविधान बनेको उनले बताए ।

अर्का स्थायी कमिटी सदस्य गोकर्ण विष्टले पनि ओलीको आलोचना गर्दै ओलीले आफूहरूमा कन्प्फ्युजन सिर्जना गर्न खोजेको बताएका थिए ।‘केपी

ओलीको वार्ता टीमले हामीमाथि प्ले गर्न खोजेका छन्, हामी भित्र कन्फ्युजन गर्न खोजिएको छ,’ विष्टको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।news source lokantar.com

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook