• होमपेज
  • विपक्षी दलहरुको वार्ता : प्रदेशमा पनि गठबन्धन
Breaking News

विपक्षी दलहरुको वार्ता : प्रदेशमा पनि गठबन्धन

काठमाडौं । विपक्षमा रहेका दलहरु केन्द्रमा जस्तै प्रदेशमा पनि गठबन्धन बनाएर अघि बढ्ने निश्कर्षमा पुगेका छन् ।कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज भएको वार्तापछि विपक्षी दल आबद्ध शीर्ष नेतृत्व केन्द्रमा जस्तै प्रदेश स्तरमा पनि गठबन्धन गर्दै अघि बढ्ने निष्कर्षमा पुगेका हुन् ।

कांग्रेस सभापति देउवासँग छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपाल देउवा निवास पुगेका थिए । सो क्रममा केन्द्रकै गठबन्धन प्रदेश तहमा पनि बनाउने सहमति बनेको हो ।

विज्ञापन

‘जसरी केन्द्रमा राजनीतिक गठबन्धन बनेको छ, त्यसै गरी प्रदेशमा पनि गठबन्धन बनाएरै जाने विषयमा छलफल भएको हो, शीर्ष नेताहरू सो विषयमा सहमत हुनुहुन्छ,’ बुढानिलकण्ठ स्रोतले भन्यो ।

भेट वार्ताका क्रममा तीन नेताबीच करिब डेढ घण्टा छलफल भएको र प्रदेश सरकारमा गठवन्धका विषयमा बैठक केन्द्रित भएको हो ।

शीर्ष नेता त्रयको बैठकले प्रदेश २ मा गठबन्धनमा आबद्ध दलहरूको संयुक्त सरकार बनाउने सहमति भएको छ । हाल प्रदेश २ मा गठबन्धन आबद्ध जसपा अध्यक्ष उपेन्द्र यादव निकट नेता लालबाबु राउत मुख्यमन्त्री छन् ।

मुख्यमन्त्री राउतले जसपाका ठाकुर पक्षलाई सरकारबाटै हटाएका छन् भने कांग्रेस र माओवादीलाई सरकारमा लैजाने तयारी गरेका छन् ।यसबारे छलफल गर्न प्रचण्डले बिहान नेता नेपाल र देउवासँग अलग-अलग भेटेका थिए । यसपछि भने बुढानीलकण्ठमा तीन नेताबीच सामूहिक भेटवार्ता भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook