• होमपेज
  • रहेनन् विवेकशील नेता उज्वल थापा
द्रुत खबर बिशेष

रहेनन् विवेकशील नेता उज्वल थापा

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको आज निधन भएको हो ।

थापालाई इक्मो टेक्नोलोजीबाट उपचार गराइएको थियो । भेन्टिलेटरले सास मात्रै चलाउने हो भने यो प्रविधिले शरीरका सबै अङ्ग चलायमान गराउने बताइन्छ । दैनिक पाँच लाख खर्च लाग्ने प्रविधि हो यो ।उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले बताएका छन् । केहीदिनअघि कोरोना संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।  विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका४४ वर्षीयथापा सामाजिक उत्प्रेरकका रुपमा समेत चिनिन्छन्। कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएपनि अन्तिम पटक गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook