• होमपेज
  • नेपाल र खनालसहित ११ नेता एमालेबाट निष्कासित
Breaking News

नेपाल र खनालसहित ११ नेता एमालेबाट निष्कासित

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले उनीहरूलाई साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले उनीहरूले पार्टी हितविपरित कामकारबाही गरेकाले निष्कासन गरेको जनाएको छ।

वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई नेकपा (एमाले)को साधारण सदस्यबाट निष्कासित गरिएको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले उनीहरूलाई साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले उनीहरूले पार्टी हितविपरित कामकारबाही गरेकाले निष्कासन गरेको जनाएको छ।

विज्ञापन

वरिष्ठ नेताद्वय नेपाल र खनालसँगै नेताहरू भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का, मुकुन्द न्यौपाने, सरला यादव, लक्ष्मीकुमारी चौधरी, निरुदेवी जैरु, कलिला खान र पुष्पकुमारी कर्णलाई निष्कासन गरिएको हो।

यसअघि ८ जेठमा बसेको एमाले स्थायी समिति बैठकले उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। उनीहरूलाई आज बिहानसम्म स्पष्टीकरण बुझाउन समय दिइएको थियो। तर, कसैले पनि स्पष्टीकरण बुझाएका थिएनन्। उनीहरूले स्पष्टीकरणको औचित्य नभएको बताएका थिए।

विपक्षी गठबन्धनमा लागेर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पेश गरिएको दाबीमा हस्ताक्षर गरेका कारण उनीहरूलाई कारबाही गरिएको जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै