• होमपेज
  • राष्ट्रपतिका विवादित दुई विज्ञप्ति कार्यालयको वेबसाइटबाट किन गायब?
Breaking News

राष्ट्रपतिका विवादित दुई विज्ञप्ति कार्यालयको वेबसाइटबाट किन गायब?

काठमाडौं – राष्ट्रपति कार्यालयको वेबसाइटबाट शुक्रबार राति जारी भएका दुवै प्रेस विज्ञप्ति हटाइएको छ। ‘प्रधानमन्त्री नियुक्ति सम्बन्धमा’ र ‘प्रतिनिधि सभा विघटन गरी अर्को  प्रतिनिधि सभाको निर्वाचन मिति तोक्नु भएको’ शीर्षकमा राखिएका दुवै विज्ञप्ति राष्ट्रपति कार्यालयको वेबसाइटमा छैनन्।

दुवै विज्ञप्ति क्रमशः जेठ ७ गते राति २३:३८ र जेठ ८ गते बिहान ०१:४९ मा प्रकाशित भएका थिए। नागरिकले ‘कू’ को सं‌ज्ञा दिइरहेका विज्ञप्ति हट्नुलाई आश्चर्य मानिएको छ।

विज्ञापन

राष्ट्रपति कार्यालयको वेबसाइटमा अन्य सूचना र गतिविधि देखिने भए पनि ती दुई विज्ञप्ति मात्र हटाइएको हो। यो कुरा राष्ट्रपति कार्यालयले पनि नेपाल समयसँग स्वीकारेको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले साइट ह्याक भएको हुन सक्ने प्रतिक्रिया दिएका छन्। ‘हामीले प्राविधिक टिमलाई बुझ्न लगाएका छौं। विज्ञप्ति हटाइएको होइन। साइट ह्याक भएको हुन सक्छ’, नेपाल समयसँग कुरा गर्दै उनले भने।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook