• होमपेज
  • कान्तिपुरको यो कार्टुनप्रति खनिए प्रधानमन्त्री केपी ओली
Breaking News

कान्तिपुरको यो कार्टुनप्रति खनिए प्रधानमन्त्री केपी ओली

काठमाडौं । कान्तिपुर दैनिकमा छापिएको कार्टुनप्रति प्रधानमन्त्री केपी ओलीले आक्रोश व्यक्त गरेका छन् । आइतबार कान्तिपुर दैनिकमा अविन श्रेष्ठले बनाएको यो कार्टुन पहिलो पृष्ठमा छापिएको छ ।

राष्ट्रपति संस्थालाई दुरुपयोग गरेर प्रधानमन्त्री केपी ओलीले राजतन्त्रकालीन झल्को दिएको आशयको कार्टुनप्रति ओलीले पत्रकार सम्मेलन गर्दै आपत्ति जनाएका हुन् ।

विज्ञापन

‘राजतन्त्र प्रेत संस्था हो । तर यही प्रेत संस्थागत जोडेर विशाल फोटो बनाएर जनप्रतिनिधि र गणतन्त्रको प्रतिकलाई सामन्ती संस्था देखाएर राष्ट्रपतिलाई खल्तीमा राखिदिने ? यो स्वतन्त्रताको हकको दुरुपयोग हो ।’ उनले भनेका छन् ।

संचारमाध्यममा जनप्रतिनिधिका संस्थालाई बदनाम बनाउँदा राम्रो सन्देश नजाने उनको भनाई थियो ।

यस्ता कार्टुनले गणतन्त्रको अपमान गरेको उनको भनाई थियो ।

प्रतिनिधिसभा विघटन राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोमा भइरहेको आरोप खेपिरहँदा कान्तिपुरमा प्रधानमन्त्रीले राजाहरूकै शैलीमा श्रीपेच लगाएको र उनको कोटको खल्तीमा राष्ट्रपति विद्या भण्डारीलाई हालिएको कार्टुन छापिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook