• होमपेज
  • पर्वतमा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु
गण्डकी प्रदेश

पर्वतमा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु

पर्वत / कोरोना संक्रमणबाट पैयुँ गाउँपालिका–७ का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको घरमा नै आइतबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिए।

ती पुरुषलाई गत वैशाख २४ मा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। अक्सिजनको मात्रा कम देखिएपछि उनलाई उपचारका लागि पोखरा लगिएको थियो। उपचारपछि स्वास्थ्य अवस्था राम्रो भएपछि घर पर्किएका उनको मृत्यु भएको हो।

विज्ञापन

यससँगै पर्वतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ। यीमध्ये १३ जनाको कोरोनाको दोस्रो लहर आएपछि मृत्यु भएको हो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook