• होमपेज
  • पर्वतमा थप ३ जना कोरोना संक्रमितको मृत्यु
गण्डकी प्रदेश

पर्वतमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

पर्वत । जिल्लामा थप ३ जनामा कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार शुक्रबार र शनिवार गरी ३ जनाको मृत्यु भएको हो । निर्देशानालयका अनुसार शुक्रबार २ जनाको मृत्यु भएको थियो भने शनिवार (आज) थप १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न ४ माझफाँटका ५५ बर्षिय पुरुषको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

विज्ञापन

यसैगरी उपचारकै क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न १२ ठुलिपोखरीका ५२ बर्षिया महिलाको पनि मृत्यु भएको निर्देशनालयले जनाए पनि उनी कुश्मा १३ खौलाको रहेको स्थानीयहरुले बताएका छन् ।

कोरोना संक्रमणबाट आज मात्रै पर्वतको फलेवास नगरपालिका वडा न ५ बस्ने ३२ बर्षिया महिलाको पनि मृत्यु भएको छ । उनको पोखरा मेडिकल कलेजमा मृत्यु भएको हो । निर्देशनालयले वडा न ५ खानीगाउँ उल्लेख गरेपनि मृतक महिलाको ठेगाना वडान २ थापाठाना रहेको स्थानीयले बताएका छन् ।

योसंगै पर्वतमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या १७ पुगेको छ । दोस्रो लहरको नयाँ भेरिएन्टबाट मृत्यु हुनेको संख्या कुल १४ जना रहेका छन् । पहिलो चरणमा गत बर्ष ४ जनाले ज्यान गुृमाएका थिए ।

निर्देशनालयका अनुसार आज मात्रै पर्वतमा थप १८ जनामा संक्रमण पुष्टि भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook