• होमपेज
  • पर्वतको निषेधाज्ञामा कडाई- वैंकहरु पूर्णरुपमा बन्द, खाद्यान्नका पसलहरु ३ घण्टा खुल्ने
गण्डकी प्रदेश

पर्वतको निषेधाज्ञामा कडाई- वैंकहरु पूर्णरुपमा बन्द, खाद्यान्नका पसलहरु ३ घण्टा खुल्ने

पर्वत । जिल्लामा निषेधाज्ञालाई थप कठाई गरिएको छ । आज बसेको जिल्ला स्तरीय कोराना नियन्त्रण तथा रोकथाम सम्बन्धि जिल्ला स्तरीय समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्वतले निषेधाज्ञामा थप कडाई गरेको हो । समितिको निर्णय अनुसार जेठ ३ गते देखि निषेधाज्ञा अवधि र वैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक खाद्यन्न तथा फलफुलका पसलहरु पनि दिनको ३ घण्टा मात्रै सञ्चालन गर्न पाउने निर्णय गरेको छ । निर्णयअनुसार दैनिक रुपमा विहान ७ बजेदेखि विहान १० बजेसम्म मात्र अत्यावश्यक सेवाका पसलहरु खुल्नेछन् । यसैगरी प्रशासन कार्यालयले ब्यक्तिगत निर्माण कार्य पनि बनद गर्ने निर्णय गरेको छ ।

विज्ञापन

यसले नीजि घरहरु निर्माण गरीरहेका घरधनीहरुले घर निर्माण कार्य बन्द गर्नुपर्नेछ । यसैगरी प्रशासन कार्यालयले निर्माण क्षेत्र अन्तर्गत राष्ट्रिय गौरबका आयोजना तथा संघ र प्रदेशबाट सञ्चालीत आयोजनाहरुमा भने स्वास्थ्य मापढण्ड पुरा गरी सञ्चालन गर्नपाउने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook