• होमपेज
  • पोखराका १८ सहित गण्डकीमा २८ जनाको मृत्यु, ७७७ नयाँ संक्रमित थपिए
गण्डकी प्रदेश

पोखराका १८ सहित गण्डकीमा २८ जनाको मृत्यु, ७७७ नयाँ संक्रमित थपिए

पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप २८ जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३८३ जना पुगेको छ ।

आज मृत्यु भएकामध्ये मुस्ताङका एक जना छन् । योसहित मुस्ताङमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

विज्ञापन

यस्तै, म्याग्दीका १, गोरखाका एक, लमजुङका दुई, तनहूँका तीन, कास्कीका नौ, बाग्लुङका दुई, स्याङ्जाका सात र नवलपरासी पूर्वका दुई गरी २८ जनाको मृत्यु भएको गण्डकी प्रदेशका कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।

आज मृत्यु भएकामध्ये १८ जनाको उपचारको क्रममा पोखराका विभिन्न अस्पतालमा मृत्यु भएको डा. शर्माले जानकारी दिए ।

७७७ जना संक्रमित थपिए 

गण्डकीमा आजमात्रै ७७७ जना कोरोना संक्रमित थपिएका छन् । आज गण्डकीका ११ वटै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । आज भेटिएका संक्रमितमध्ये सबैभन्दा धेरै कास्कीका ३८७ जना र सबैभन्दा थोरै मुस्ताङका एक जना छन् ।

यसैगरी मनाङका दुई, म्याग्दीका १२, पर्वतका ९२, गोरखाका ४९, लमजुङका २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै, तनहूँका २४, बागलुङका ९९, स्याङ्जाका ६१ र नवलपरासी पूर्वका १२ जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको बताइएको छ ।

योसहित गण्डकी प्रदेशमा कूल कोरोना संक्रमितको संख्या २८ हजार १८२ जना पुगेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook