• होमपेज
  • गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगा यादव नयाँ प्रदेश प्रमुख
Breaking News

गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगा यादव नयाँ प्रदेश प्रमुख

सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको छ ।

सोमवारको मन्त्रिपरिषद् बैठकले नयाँ प्रदेश प्रमुखका लागि गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगा यादवलाई सिफारिस गरेको स्रोतले जनाएको छ ।

विज्ञापन

प्रमुख प्रमुख सिफारिस भएका पौडेल अखिल नेपाल महिला संघकी अध्यक्ष थिइन् भने यादव पूर्व उपसभामुख हुन् ।

सरकारले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न समेत राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले शेरचन र त्रिपाठीलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

शेरचन र त्रिपाठी नेकपा एकता कायम रहेको समयमा माओवादी कोटाबाट प्रदेश प्रमुख भएका थिए । यसअघि माओवादी कोटाबाट प्रदेश प्रमुख बनेका  २ नम्बर प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई पनि हटाइएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook