• होमपेज
  • लुम्बिनी प्रदेशका मुख्यमन्‍त्री शंकर पोखरेलले लिए शपथ
Breaking News

लुम्बिनी प्रदेशका मुख्यमन्‍त्री शंकर पोखरेलले लिए शपथ

विपक्षीको विरोध

बुटवल : आइतबार बिहान राजीनामा गरेर दिउँसो पुनः नियुक्ति पाएका लुम्बिनी प्रदेशका मुख्यमन्‍त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

भर्खरै पोखरेलले लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रदेश प्रमुखबाट शपथ लिएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी सांसदले शपथ राेक्न धर्ना दिएपछि पोखरेलले मुख्यमन्त्रीको कार्यालयमै शपथ लिएका हुन् ।

विज्ञापन

दिउँसो मात्र नेपाल कम्युनिस्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै संविधानको धारा १६८ को उपाधार (१) बमोजिम प्रदेश मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेको जानकारी दिएको हो ।

पोखरेलले आइतबार बिहान संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।

नयाँ सरकार बनेको दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने संवैधानिक प्रावधानलाई मध्यनजर गर्दै मुख्यमन्त्री पोखरेलले आइतबार राजीनामा दिएका थिए । राजीनामा लगत्तै आफ्नो पक्षमा बहुमत रहेको जानकारी गराएका पोखरेल पुनःमुख्यमन्त्री बनेका हुन् । अविश्वासको प्रस्तावमाथि मतदान गरेर हटाउने विपक्षीको प्रयासलाई छल्न पोखरेलले यो राजनीतिक खेल खेलेको देखिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook