• होमपेज
  • आन्तरिक उडान भोलि रातिदेखि र अन्तर्राष्ट्रिय २२ गतेदेखि बन्द गर्ने सरकारको निर्णय
Breaking News

आन्तरिक उडान भोलि रातिदेखि र अन्तर्राष्ट्रिय २२ गतेदेखि बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोभिड-१९ संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ ।

आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र बैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङ नेपाल प्रेसलाई जानकारी दिए ।

विज्ञापन

सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook