• होमपेज
  • ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक
Breaking News

ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रूपमा पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक रूपमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका एमाले कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

‘अध्यक्षज्यूले आकस्मिक रूपमा बिहान १० बजे महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनु भएको छ । एजेण्डाबारे जानकारी गराइएको छैन,’ सचिव रिजालले भने ।

विज्ञापन

असअघि शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठक बालाएर वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई बाहिर राखेर १९ सदस्यीय स्थायी समिति बनाएका थिए । भने आफू पक्षका नेताहरूलाई जिम्मेवारी तोकेर नेपाल समूहका ९८ नेतालाई जिम्मेवारीविहिन बनाएका थिए ।

आजको बैठकबाट स्पष्टीकरण सोधिएका नेपाल समूहका २७ सांसदको विषयमा निर्णय गर्ने सम्भावना रहेको स्रोतले बतायो । स्पष्टीकरण सोधिएका मध्य अधिकांसले जवाफ बुझाएका छन् । नबुझाएकालाई के गर्ने भन्‍ने विषयमा छलफल हुने एक नेताले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook