• होमपेज
  • बालुवाटार जग्गा प्रकरण: माधव नेपाल र बाबुराम भट्टराईलाई फसाउने ओलीको षड्यन्त्र, मुद्दाको सुनुवाइ आज
Breaking News

बालुवाटार जग्गा प्रकरण: माधव नेपाल र बाबुराम भट्टराईलाई फसाउने ओलीको षड्यन्त्र, मुद्दाको सुनुवाइ आज

बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध समेत मुद्दा चलाउन भन्दै परेको रिटमा फेरि आज पेसी तोकिएको छ ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासमा पहिलो नम्बरमै पेसी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र भट्टराई नीतिगत निर्णयमा मात्र सामेल भएको भन्दै दुवैलाई मुद्दा नचलाउने निर्णय गरेको थियो ।

विज्ञापन

अख्तियारको यस निर्णयविरुद्ध अधिवक्ता बालकृष्ण नेउपानेले २९ माघ २०७६ मा सर्वोच्चमा रिट दायर गरेका थिए । लगत्तै २ फागुन २०७६ मा यो मुद्दालाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले अग्राधिकार दिएको थियो । आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलले गत २ फागुनमा प्रमाण बुझ्ने आदेश दिएको थियो ।

त्यससँगै यो मामिलामा सरकारले गरेका निर्णय र प्रमाण सर्वोच्चमा अध्ययन भइरहेको छ । सत्तासीन नेकपा एमालेभित्रको विवाद उत्कर्षतिर पुगिरहेका बेला सर्वोच्च अदालतले नेपालविरुद्धको मुद्दामा पेसी चढ्दा राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

एमालेभित्र माधवकुमार नेपाल र प्रधानमन्त्रीसमेत रहेका केपी ओलीकाे गुटबीचकाे विवादले पार्टी फुटकाे संघारमा छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook