• होमपेज
  • बागलुङ घटना अपडेट : हराएका सबै युवा सम्पर्कमा
गण्डकी प्रदेश

बागलुङ घटना अपडेट : हराएका सबै युवा सम्पर्कमा

बागलुङ र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा आइतबार दुई समूहबीच भएको ‘ग्याङ फाइट’मा हराइरहेका सबै जना सम्पर्कमा आएका छन् । उक्त घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु भएका युवाको शव बाग्लुङ बुर्तिवाङमा ल्याइएको छ । होलीको रङ दल्ने विषयमा झडप हुँदा निसीखोला गाउँपालिका– ७, राजकुतका ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाईंको मृत्यु भएको थियो ।

विज्ञापन

भीरमा अड्किएको अवस्थामा दुई जनाको शव फेला परेको र पोस्टमार्टमका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानाकारी दिए ।

निसीखोला गाउँपालिका– ७ का अध्यक्ष तेजेन्द्रविक्रम कुँवरले हराएका भनिएका युवाहरू सम्पर्कमा आएको बताए । ‘राति अबेर उनीहरू सम्पर्कमा आएका रहेछन् । उनीहरूलाई सामान्य चोटपटक लागेको छ भनिएको छ,’ उनले भने ।

मृत्यु हुने प्रकाश बाग्लुङ नेपाली कांग्रेसका जिल्ला सदस्य हुन भने दमाईं सक्रिय सदस्य हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook