• होमपेज
  • बागलुङ घटना : कार्यकर्ता हत्या गर्नेलाई कारबाही गर्न कांग्रेसको माग
गण्डकी प्रदेश

बागलुङ घटना : कार्यकर्ता हत्या गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले आइतबार बागलुङमा होली खेल्ने क्रममा दुई जनाको मृत्यु हुने गरी भएको घटनाको अनुसन्धान गर्न सरकारसमक्ष माग गरेको छ ।

सो घटना योजनावद्ध र षडयन्त्रपूर्वक गराइएको हुन सक्ने भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको गहिरो अनुसन्धान र दोषीलाई अविलम्ब पक्राउ गर्न माग गरेका छन् ।

विज्ञापन

‘बागलुङ जिल्लाको गुल्मी र प्यूठानसँगको सिमाना बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय छ,’ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनावद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरूलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकारसमक्ष माग गर्दछ ।’

घटनामा प्रकाश कुँवर र दीपक नेपाली दुई जनाको मृत्यु भएको थियो । कुँवर नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्यसमेत हुन् ।

‘दुवै युवाको मृत शरीर भीरबाट करिब ४ सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भीरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रहरी अनुसन्धानलाई तीव्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook