• होमपेज
  • एमालेका पुराना नेता ओलीको विरुद्धमा
राजनीति

एमालेका पुराना नेता ओलीको विरुद्धमा

ललितपुरको सानेपामा जारी भेलामा पुराना कम्युनिस्ट नेताहरु राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला लगायतको पनि उपस्थिति रहेको हो । ०२८ मा झापा विद्रोहका बेलामा मैनाली, प्रधानमन्त्री केपी ओलीसहितका नेताहरूले १४ वर्ष जेल जीवन बिताएका थिए । जेलबाट छुटेपछि मैनाली भने ०४७ सालमा वाममोर्चाको कार्यवाहक अध्यक्षसमेत बनेका थिए । मैनाली पटकपटक मन्त्रीसमेत बनेका थिए । उनी अहिले भने राजनीतिबाट निस्कृय जस्तै देखिएका छन् । उनी ओली, खनाल र नेपालको राजनीतिक जीवनलाई सबैभन्दा नजिकबाट व्यहोरेका र चिनेका नेता हुन् । त्यस्तै भेलामा उपस्थिति जनाएका अर्को व्यक्ति हुन् मोहनचन्द्र अधिकारी । उनी नेपाल कम्युनिस्ट आन्दोलनका शिखर पुरुषको रुपमा चिनिन्छन् । अधिकारी पनि झापा विद्रोहबाट उदाएका नेता हुन् । उनी सबैभन्दा बढी १७ वर्ष जेल जीवन बिताएका छन् । उनलाई नेपालका नेल्सन मण्डेलाका रुपमा पनि परिचित छन् । एमालेका पुराना नेता प्रश्रित पनि साढे ८ वर्ष भन्दा बढी जेल बसेका छन् । उनी पनि नेपाल खनालले आयोजना गरेको भेलामा सहभागि भएका हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook