• होमपेज
  • गोपि अधिकारी नेतृत्वको साझा, स्वतन्त्र, समावेशी एवं व्यवसायीक समूहलाई भोट किन ?
अर्थ/वाणिज्य

गोपि अधिकारी नेतृत्वको साझा, स्वतन्त्र, समावेशी एवं व्यवसायीक समूहलाई भोट किन ?

पर्वत, चैत १ । मुलुक संघीयता कार्यान्वयन भैसकेर नया चरणमा प्रवेश गरेसँगै शहरमा केन्द्रित व्यापार, व्यवसाय तथा उद्योग कलकारखानाहरु स्वभावैले प्रभावित भइरहेका छन् । राज्यले अख्तियार गरेको व्यापार नीतिमा प्रतिवद्ध रहेर हरेक ठाउँमा व्यापार–व्यवसाय, उद्योग, कलकारखानाहरु स्थापित हुनु हाम्रा लागि सुखद पक्ष हो । पर्वत जिल्लाको सन्दर्भमा विगत दशकौं अघिदेखिको जिल्ला सदरमुकाम केन्द्रित व्यापार–व्यवसाय नयाँ ढंगले संचालन गर्नुपर्ने परिस्थिति हाम्रा सामु रहेको छ भने जिल्लाका सातवटै केन्द्र तथा अन्य व्यापारिक केन्द्रमा नयाँ व्यापार–व्यवसाय एवं उद्योग कलकारखानाहरु सञ्चालन गर्नु हाम्रो दायित्व हो भन्ने हामीले महसुस गरेका छौं । पर्वत जिल्लामा भइरहेका र आगामी दिनमा स्थापना हुन सक्ने व्यापार–व्यवसाय तथा उद्योग कलकारखानालाई कसरी दीगो रुपमा संचालन हुने वातावरण कायम गर्न सकिन्छ ? सातवटै पालिका र अन्य व्यापारिक सम्भावना भएका केन्द्रहरुमा लगानीकर्ताहरुको कसरी मनोवल उच्च पार्न सकिन्छ भन्ने विषयमा हाम्रो समूह निरन्तर चिन्तनशील रहेको यहाँहरुमा विदितै छ । यिनै उद्योगी, व्यापारीहरुको व्यापार व्यावसाय प्रवद्र्धन गर्ने र कुश्मा बजार लगायत समग्र सातवटै पालिकामा रहेका व्यवसायीहरुको हक, हित र लगानी सुनिश्चित हुने वातावरण कायम गर्न पर्वत उद्योग वाणिज्य संघको तर्फबाट आगामी कार्यकालका लागि गोपी अधिकारीको साझा, स्वतन्त्र समावेशी एवं व्यवसायीक समूह चुनावी मैदानमा प्रस्तुत भएका छौं । हाम्रो समूह निर्वाचित भएमा उद्योगी व्यापारीहरुको लगानी सुरक्षाका लागि अभिभाकत्व प्रदान गर्दै उनीहरुका आधारभूत हक–अधिकारको सुनिश्चितताका लागि अहोरात्र खट्ने प्रण सहित थप निम्न कार्यहरु गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
हाम्रा प्रतिवद्धताहरु ः
(१) जिल्लाभित्रको व्यापार–व्यवसाय सम्वद्र्धन, प्रवद्र्धनका लागि सबै पालिकाहरुमा पर्वत उद्योग वाणिज्य संघका स्थानिय उद्योगी व्यवसायीहरुको सक्रियतामा पर्वत उद्योग वाणिज्य सघंले सिड मनि वापत रु १०००००÷ उपलब्ध गराई उपशाखा गठन, विस्तार गरिनेछ ।
(२) पुराना प्रकृतिका व्यवसायहरु क्रमशः परिस्कृत गर्दै नयाँ उद्योगधन्दा, कलकारखाना स्थापना गर्न तथा पर्यटनसँग सम्बन्धित व्यवसायहरुमा लगानी भित्र्याउने वातावरण निर्माण गर्न पहल गरिनेछ ।
(३) आन्तरिक तथा वाह्य पर्यटक आकर्षणका लागि जिल्लामा रहेका धार्मिक, पर्यटकीय तथा ऐतिहासिक सम्पदाहरुको पहिचान गरी, यथोचित संरक्षण सहित तत्तत् स्थानहरुसम्म सहज सडक सञ्जाल विस्तारका लागि सम्बन्धित निकायमा पहल गरिनेछ ।
(४) नेपालको उत्तर–दक्षिण जोड्ने अन्तर्राष्ट्रियस्तरका कालीगण्डकी लोकमार्ग र कालीगण्डकी करिडोरलाई जिल्ला सदरमुकाम कुश्मा क्षेत्रसँग जोड्नका लागि कुश्मादेखि कैयासम्म पीच सडक तथा कालीगण्डकी नदीमाथि कल्लेरी–कैया पुल निर्माणका लागि पहल गरिनेछ ।
(५) मोदीवेणी दिव्यधामदेखि वडागाउँसम्म पिच सडकले जोड्ने कार्यलाई प्राथमिकतामा राखी सम्बन्धित निकायमा पहल गरिनेछ ।
(६) झाप्रेबगर, कुश्मा ज्ञादी मोटरेवल पुल निमार्ण गर्न टेण्डर समेत आवहान गरीसकेकोले उक्त कार्यमा समन्वय गरी पहल गर्ने ।
(७) पर्वत उद्योग वाणिज्य सघंको अगुवाइमा निर्माणधिन बडगाउमा रहेको खेलमैदानलाई व्यवस्थीत तथा अन्तराष्ट्रिय स्तरको खेलमैदान बनाउनमा पहल गरी खेल पर्यटन भित्राउनलाई पहल गरीनेछ ।
(८) नीजि क्षेत्रबाट संचालित नमूना उद्योग÷उद्यमहरुको संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धनका लागि उद्योग तथा कम्पनी मैत्री नीति निर्माण गर्न सबै तहका सरकारहरुसँग पहल गरिनेछ ।
(९) परापुर्व कालदेखि धार्मिक स्थलको रुपमा पहिचान बोकेको मोदीवेणी दिव्यधामको शिर नेपालकै अग्ला झोलुंगे पुल रहेको वडागाउँ क्षेत्रमा विवाह, व्रतवन्ध लगायतका धार्मिक शुभकार्य गर्न सकिने गरी वृहत कुश्मा कालिका मन्दिर निर्माण गर्न तीन तहका सरकार र सम्बन्धित निकायसँग पहल गरिनेछ ।
(१०) नयाँपुलदेखि हेम्जासम्मको सुरुङमार्गको सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भमा नयाँपुल–हेम्जा सुरुङ मार्ग निर्माणका लागि सरकारलाई अभियानकै रुपमा सहकार्य गरिनेछ ।
(११) नेपाल सरकारका आर्थिक विकास र समृद्धि प्राप्तिका लागि जारी हुने नीति, कार्यक्रम र बजेटमा नीजि क्षेत्रको तर्फबाट गर्नुपर्ने योगदानको लागि पूर्ण प्रतिवद्ध रहने तथा पर्वत जिल्लाको सर्वाङ्गीण विकासका लागि विभिन्न सरोकारवालाहरुसँगको अन्तरक्रियाबाट जिल्लाको दीर्घकालीन आर्थिक मार्गचित्र तयार गरिने छ । (कुश्मा–भैरवथान केबलकार, कुश्मा भ्यू टावर)
(१२) सम्पूर्ण प्रकृतिका करहरु जिल्ला सदरमुकाममै भुक्तानी गर्ने व्यवस्थाका लागि कर सेवा कार्यालय स्थापना गर्न नेपाल सरकारसँग जोडदार माग गरिनेछ ।
(१३) स्थानीय सरकारको गठनसँगै निर्धारण गरिएका करका दायराहरु नागरिक तथा व्यापार व्यवसायमैत्री हुन नसकेको र पर्याप्त सहभागितामूलक छलफलविनै संकलन कार्य अगाडि बढाइएकोले सोका बारेमा व्यापक छलफल, अन्तरक्रिया समायोजन, परिमार्जन गर्न पहल गरिनेछ ।
(१४) पर्वतमा रहेका जडिबुटी, खनिज अन्य सम्भावनाहरुको खोजी गरी करिडोर क्षेत्रमा विभिन्न उद्योग स्थापना गर्न र वाह्य लगानी भित्र्याउन पहल गरिनेछ ।
(१५) चीन–भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्ग तथा पूर्व पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग पर्वत हुँदै वारपार भएकाले पर्वत जिल्लालाई नै व्यापारिक हवका रुपमा विकसित गर्न पहल गरिनेछ ।
(१६) जिल्लामा उत्पादित सुन्तला, लप्सी, कफी तथा अल्लोलाई थप प्रवद्र्धन गरी राष्ट्रियस्तरमा बजारिकरण गर्नको लागि प्रशोधनशाला निर्माण गर्न प्रोत्साहनमूलक कार्यक्रमहरु गरिनेछ ।
(१७) मानव स्वास्थ्यका दृष्टिले संवेदनशील खाद्यवस्तु उपभोग्य मिति लगायत समग्र गुणस्तर प्रति शुन्य सम्वेदनशीलताको नीति अख्तियार गरिनेछ । साथै अत्यावश्यक उपभोग्य वस्तुहरुको सहज आपुर्ति र वितरण व्यवस्थालाई सुनिश्चित गरिनेछ ।
(१८) कुश्मा तथा अन्य व्यापारिक केन्द्रहरुको सरसफाईका लागि उद्योग व्यवसायीहरुको नेतृत्वमा परिणामुखी अभियान सञ्चालन गरिनेछ ।
(१९) मासुजन्य उत्पादनको गुणस्तर सुनिश्चितता गर्ने तथा कानून बमोजिमका बधशालाहरुको प्रयोगलाई प्रोत्साहन गरिनेछ । साथै जिल्लाभित्र सुविधासम्पन्न कोल्डस्टोर निर्माण कार्यलाई प्राथमिकतामा राखिनेछ ।
(२०) कुश्मा क्षेत्रको आवतजावत तथा पर्यटकहरुको सुविधाका लागि स्थानीय यातायातको व्यवस्था गर्न लगानीकर्तालाई प्रोत्साहन गरिनेछ ।
(२१) कुश्मा वजारको वान्द्रेवेडिमा अन्तराष्ट्रियस्तरको पार्किङ सुबिधा सहितको सिटीहल, व्यापारीक कम्प्लेक्स र व्यवस्थीत वसपार्क निर्माणमा पहल कदमी गरीनेछ ।
(२२) दर्ता नगरी घुम्ती रुपमा जिल्लामा भित्रीने व्यापारीलाई प्रवेश रोक्का गरी, व्यवस्थित रुपमा दर्ता भएका व्यापारीहरुको संरक्षण गरीनेछ ।
(२३) साना तथा घरेलु उद्यमीले उत्पादन गरेका उत्पादनलाई उचित मुल्यमा खरीद गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय वजारमा वजारीकरण गर्न कोशेली घर तथा संकलन केन्द्र स्थापना गर्न पहल गरिनेछ ।
(२४) कुश्मामा रहेको विश्वकै दोस्रो अग्लो साहासिक बन्जीबाट कालिगण्डकी रिभरसाईडमा रहेको रिङरोडलाई सरोकारवालाहरुसगँ समन्वय गरी विश्वकै साहसिक पर्यटन हव बनाउन पहल गरिनेछ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook