• होमपेज
  • अपडेट : विष्फोट स्थलमा गोइत समूहको पर्चा फेला, दुई जना घाइतेलाई काठमाडौं पठाइँदै
Breaking News

अपडेट : विष्फोट स्थलमा गोइत समूहको पर्चा फेला, दुई जना घाइतेलाई काठमाडौं पठाइँदै

सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बिष्फोटमा जयकृष्ण गोइत नेतृत्वको भुमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ । च्यातिएको अवस्थामा गोइत समूहको पर्चा फेला परेको प्रहरीले जनाएको छ ।
बम विस्फोटमा ७ जना घाइते भएका छन् । जसमध्ये कार्यालका नायब सुब्बा ३८ वर्षीय शिवकुमार यादव र धनगढीमाई नगरपालिका–४ घर भएका सेवाग्राही ३० वर्षीय दिनेशकुमार भण्डारीको अवस्था गम्भीर छ ।
मालपोत कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा विस्फोट भएको थियो । अपरिचित व्यक्तिले झोलामा बम ल्याएर कुर्सीमुनि राखेको र विस्फोट भएपछि सेवाग्राहीसहित ७ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनालाई थप उपचारका लागि काठमाडौं लैजान हेलिकप्टर मगाइएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook