• होमपेज
  • पर्वत उ.बा.संघ निर्वाचन : शिब शर्मा पौडेल प्यानल सक्षम र योग्य भएकाले चुनाव जित्ने दाबी
अर्थ/वाणिज्य

पर्वत उ.बा.संघ निर्वाचन : शिब शर्मा पौडेल प्यानल सक्षम र योग्य भएकाले चुनाव जित्ने दाबी

पर्वत । पर्वत उद्योग वाणिज्य संघ पर्वतको निर्वाचन चैत ७ मा हुँदैछ । पर्वतमा निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचार तिव्र हुँदैछ । शिव शर्मा पौडेल र गोपी अधिकारीको प्यानल जिल्लाका विभिन्न स्थानमा पुगेका छन् ।

दक्षिणी पर्वतको महाशिला र पैयुँका व्यावसायी संग मत माग्न पुगेका शिव शर्मा पौडेलको टोलीलाई यसपाली जसरी पनि विजयी गराउने बाचा दिएका छन् । विगतका नेतृत्वले आफु नेता मात्रै बन्ने तर व्यावसायीक हितमा काम गर्न चासो नदिएको भन्दै यसपाली व्यावसायिक हितमा काम गर्ने उम्मेदवार पौडेल भएको हुनाले यसपाली पौडेलको टिमलाई विजयी गराउने बताएका हुन् ।

विज्ञापन

पैयुँ र महाशिला पछि विहादी गाउँपालिकामा पुगेको टोलीले यहाँ पनि व्यावसायीको घरदैलोमा पुगेर उहाँहरुका समस्या सुनेको छ । पर्वत उद्योग वाणिज्य संघमा साझा रुपमा काम गर्ने व्याक्ति ल्याउने विहादीका व्यावसायीहरुले प्रतिबद्धता जनाएका छन् ।

सुविधा र विकास सदरमुकाम केन्द्रित हुँदै आएको बताउँदै बिहादीका व्यावसायीले आफ्ना समस्याहरु समाधान गर्न पौडेल पक्षले स्पष्ट मार्गचित्र सहित मैदानमा आएकाले उनको टोलीलाई जिताउने बताएका छन् ।

उद्योग वाणिज्य संघमा विजयी गराएमा उद्योग वाणिज्य संघलाई साझा चरित्रको संस्था बनाउने, आर्थिक पारदर्शिता अपनाउने, सबै पालिकामा उद्योग वाणिज्य संघको शाखा बिस्तार गर्ने, व्यावसाय दर्ता र नविकरणमा सरल विधिको सुरुवात गर्ने लगायत जिल्लाको पर्यटन विकास तथा व्यावसायिक प्रतिष्ठानहरुको विकासका काम गर्ने शिव शर्मा पौडेल पक्षको एजेण्डा छ । दक्षिणी क्षेत्रको चुनावी प्रचारमा पुगेका पौडेल पक्षका व्यावासायीहरुले अहिले एकजुट भएर मैदानमा आएकाले अर्को शक्तिलाई सहजै पराजित गर्ने विश्वासमा रहेका छन् ।

आगामी चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिएका शिवशर्मा पौडेललाई प्रजातान्त्रिक व्यावासायीहरुको समर्थन छ । भने गोपी अधिकारीलाई वाम गठबन्धन र असंतुष्ट कांग्रेसको समर्थन रहेको बताउँछन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook