• होमपेज
  • पर्वत उद्योग बाणिज्य संघ निर्वाचन : गोपी अधिकारी प्यानल सबै दल एक ठाउँमा….
अर्थ/वाणिज्य

पर्वत उद्योग बाणिज्य संघ निर्वाचन : गोपी अधिकारी प्यानल सबै दल एक ठाउँमा….

पर्वत- पर्वत उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि चैत ७ गते हुने निर्वाचनको तयारी तीब्र पारिएको छ । निर्वाचनवाट बिजयी भएर आगामी नेतृत्व लिनका लागि पर्वतका सफल व्यावसायि गोपि अधिकारी मैदानमा उत्रिनुभएको छ । उहाँले एक साता अघि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

उहाँले आफु साझा, समावेशी समुह बनाएर निर्वाचनको तयारीमा जुटेको बताईरहँदा जिल्लाका सवै बामपन्थी पक्षधरहरु उहाँको पक्षमा देखिएका छन् । सवै वामपन्थी विचार धाराका उद्योगी, व्यावसायिहरुले अधिकारीलाई समर्थन गर्ने बताएका छन्् । बाम पन्थी मात्र हैन राप्रपा र संघीय समाजवादी सँगै काँग्रेसका असन्तुष्ट पक्षहरु समेत यस प्यानलको पक्षमा उभिएको उक्त समुहको दावी छ ।

विज्ञापन

निर्वाचनको संघारमा नेकपा विभाजन भएर साविक नेकपा एमाले र माओवादी केन्द्र बनेपनि फुटको असर नपर्ने भएको छ । सवै वाम एक ठाम भन्ने नितिलाई अवलम्वन गरी प्यानल तयार गरिएको र यसमा बाम विचारधारा बाहेका प्रजातान्त्रिक विचार धाराका उद्योगी, व्यावसायीलाई पनि समेटिने पर्वत उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हरिओम शर्मा लामिछानेले बताउनुभयो ।

पर्वत उद्योग बाणिज्य संघको विगतका तीन कार्यालय ऐतिहासिक परिवर्तन भएको र संघले थुप्रै नयाँ काम अघि सारेकाले यसपटक ती कामको निरन्तरताका लागि बामपन्थी पक्षकै उम्मेदवारलाई जिताउनुपर्ने उहाँले बताउनुभयो । विगतका कामहरुको संस्थागत विकास र सुदृढिकरणका लागि प्रजातान्त्रिक विचारधाराका मानिसहरु पनि गोपि अधिकारीकै नेतृत्व चाहेको उहाँको भनाई रहेको छ ।

यो कुनै राजनीति गर्ने थलो नभई विशुद्ध उद्योगी, व्यावसायीहरुको हितमा काम गर्ने संस्था भएकाले सोहि रुपमा विकास गर्न पनि गोपि अधिकारीको नेतृत्व आवश्यक रहेको र यसैमा सवै पक्षलाई समेटिने संघका पूर्व अध्यक्ष मिनप्रसाद श्रेष्ठले बताउनुभयो । पार्टी विभाजनका विषयमा फरक पक्षका कुरा सुनेर वामपन्थी विचार धाराका उद्योगी, व्यावसायीहरुले मनोवल नगिराउने बताउँदै हामी पुर्ववत नेकपाकै अवस्थामा र थप अन्य पक्षलाई समेत समावेश गरेर अत्याधिक बहुमतले बिजयी गराउनेगरी तयारीमा रहेको श्रेष्ठले बताउनुभयो ।

यता गोपि अधिकारी समुहले निर्वाचन नजिकिँदै गर्दा प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई तीब्रता दिईएको छ । उक्त समुहले सवैको मन जित्नेगरी साझा र समावेशी प्यानल तयारी गरेको र केहि दिनमै सार्वजनिक गर्ने समेत जनाएको छ । ‘म जीवनभर विशुद्ध उद्योगी, व्यापारीकै हक हितका निम्ति लागिरहेको छु, आशा छ पर्वतवासी उद्योगी व्यावसायीले मलाईनै जिताउने छन्’ मेरो पक्षमा मतदान गर्न म अपिल पनि गर्न चाहान्छु , अध्यक्ष पदका उम्मेदवार गोपि अधिकारीले भन्नुभयो । बढि महत्वकांक्षी योजना सुनाउनु भन्दा पनि आफु कामवाटै पर्वतको समृद्धि र विकास गर्नेगरी अघि बढ्ने उहाँको भनाई रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook