• होमपेज
  • माधव नेपालले भने– हामी आत्तिएका छैनौं, आत्तिनु पनि हुन्न
Breaking News

माधव नेपालले भने– हामी आत्तिएका छैनौं, आत्तिनु पनि हुन्न

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओली प्रवृत्तिविरुद्ध निरन्तर लडिने भन्दै उनको क्रियाकलापले अलिकति पनि विचलित नहुने बताएका छन् ।
शनिबार आफू निकटको केन्द्रीय समिति बैठकलाई शनिबार सम्बोधन गर्दै उनले अहिलेको अवस्था देखिएर कसैलाई पनि निराश नहुन आग्रह गरे ।
‘हामी आत्तिएका छैनौँ, आत्तिनु पनि हुन्न। अहिले अवस्था देखेर साथीहरूमा निरास होला, हिम्मतका साथबाट अगाडि बढनुपर्छ’, नेपालले भने, ‘जनताको अपेक्षा र विश्वास छ। सैद्धान्तिक सोच र धारणाबाट हामी अगाडि बढ्नुपर्छ।’
उनले कसरी कम्युनिस्ट पार्टीलाई बलियो बनाउने भन्ने हिसाबले अघि बढ्नुपर्नेमा पनि जोड दिए ।
‘कसरी आन्दोलन अगाडि बढाउने भन्ने विषयमा चिन्तन मनन गरेर अगाडि बढनुपर्छ। कसरी कम्युनिस्ट पार्टीलाई बलियो बनाउने भन्ने हिसाबले अगाडि बढनुपर्छ’, उनले भने, ‘गलत प्रवृत्तिका विरुद्ध एकजुट हुने बेला हो । हामी विचलित भएर हिँड्ने होइन।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook