• होमपेज
  • यस्तो छ प्रधानमन्त्री ओलीको नयां क्याविनेट
Breaking News

यस्तो छ प्रधानमन्त्री ओलीको नयां क्याविनेट

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा, मणि थापा खानेपानी, प्रभु साह शहरी विकास,प्रेम आले वन, गणेश ठगुन्ना सामान्य प्रशासन, गौरी शंकर चौधरी श्रम जुली कुमारी महतो महिला बालबालिका र दावा लामाले युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाएका छन् । त्यसैगरी विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् ।

मन्त्रीपरिषदबाट युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन् । प्रधानमन्त्री ओलीले केही मन्त्रीको जिम्मेवारी समेत हेरफेर गरेका छन् । यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयदेख त्रिपाठी स्वास्थ्य मन्त्री, महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

विज्ञापन

त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् । नवनियुक्त मन्त्रीहरुको आजै शीतल निवासमा शपथ ग्रहण भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook