• होमपेज
  • ओलीलाई झलनाथले भनेः गोमन सर्प जस्ता जहाँ देख्यो त्यही ठुङ्ने
Breaking News

ओलीलाई झलनाथले भनेः गोमन सर्प जस्ता जहाँ देख्यो त्यही ठुङ्ने

नेकपाका प्रचण्ड–नेपाल समूहका नेता नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीलाई गोमन साँपसँग तुलना गरेका छन् ।

शुक्रबार बबरमहलसस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले प्रधानमन्त्री ओलीले नेताहरुमाथि रिसइवी देखाउने गरेका कारण ओलीलाई गोमन साँपसँग तुलना गरेका हुन् । ‘ओली गोमन सर्पजस्ता रहेछन्, जहाँ देख्यो त्यही ठुङ्ने,’ उनले भने । नेता खनालले दुवै अध्यक्ष प्रचण्ड र नेपाल बरावरी हैसियतामा रहेको पनि बताए ।

विज्ञापन

‘तेस्रो केन्द्रीय समिति बैठकले माधव नेपाललाई अध्यक्ष बनाएको छ । अध्यक्षभन्दा माथि कोही नेता हुँदैन’, उनले भने ।  नेता खनालले यसअघिको नेकपामा केपी ओलीले जवरजस्त एक नम्बर घोषणा गरेको भन्दै आउने महाधिवेशनसम्म २ अध्यक्ष रहने र महाधिवेसनपछि एउटै अध्यक्ष बन्ने जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook