• होमपेज
  • राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवास
Breaking News

राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवास

काठमाडौँ — नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेकी छन् । साँझ करिब ६ बजे राजदूत यान्छी राष्ट्रपति निवास पुगेको शितलनिवास स्रोतले बताएको छ ।

नेपालमा विकसित भएको राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला राजदूत भेटवार्ताका लागि पुगेकी हुन् । एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ दूतावासले मन्त्रालयमार्फत् समय मागेको र कोभिड-१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूतले कुरा गर्न खोजेको स्रोतले जनाएको छ ।

विज्ञापन

सत्तारुढ नेकपामा विवाद बढ्दा अघिल्लोपटक सक्रियता देखाउने गरेकी राजदूत यान्छी यसपटको विवादमा भेटघाटमा सक्रिय थिइनन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook