• होमपेज
  • पर्वतको मोदी गाउँपालिकामा पाँच दिन ‘लक डाउन’
पर्वत बिशेष

पर्वतको मोदी गाउँपालिकामा पाँच दिन ‘लक डाउन’

पर्वतको मोदी गाउँपालिकामा कोरोना संक्रमण फैलन नदिन पाँच लक डाउन गरिने भएको छ ।
मोदी गाउँपालिकाले गरेको कोरोना संक्रमित ब्यक्तिको सम्पर्क पहिचान(कन्ट्रयाक्ट टे«सिङ्ग’ को काम भैरहेकाले समुदायमा संक्रमण फैलन नदिन सोमबार राती १२ बजे देखि पाँच दिन लक डाउन गर्न लागिएको हो ।
मोदी गाउँपालिकाको पालिकास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको आइतबार सम्पन्न बैठकले पाँच दिन सम्म पालिकाका सबै सेवा र अत्याबश्यक बाहेक सबै पेशा ब्यबसाय बन्द गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अुनसार कार्तिक १७ गते(सोमबार) राती देखि मोदी गाउँपालिकाको कार्यालय तथा मोदी गाउँपालिकाका सबै वडा कार्यालयहरुको अत्यावश्यक सेवा बाहेकको सेवा, शैक्षिक संघ संस्थाबाट प्रदान गरिने सेवाहरु, गाउँपालिका स्थित बैंक, वित्तीय संस्था एबम सहकारीबाट प्रदान गरिने सेवाहरु कार्तिक २२ गते राती १२ बजे सम्म बन्द हुने प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीद्वारा जारि गरिएको बिज्ञप्तीमा उल्लेख छ । । यसैगरी गाउँपालिकाको बेतनी, तिलाहार, डिमुवा, पातिचौर, भद्रखोला र अम्बोट जस्ता बजार क्षेत्रका अत्यावश्यक सेवा र वस्तु बाहेकका पसलहरु पनि बन्द हुने भएका छन भने मोदी गाउँपालिकाकोे बिभिन्न शाखा सडकहरुबाट संचालन हुने यातायात सेवा बन्द गर्ने निर्णय भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा पर्ने गाउँपालिका भित्रको लोकमार्गमा भने सवारी साधन सञ्चालनमा रोक लगाइएको छैन । गाउँपालिकाले अत्याबश्यक काम बाहेक सुरक्षा र जनस्वास्थ्य मापदण्ड पालना नगरी घरबाहिर ननिस्कने तथा निर्णय कार्यान्वयन गराउन सबै गाउँपालिकाबासीहरुमा अनुरोध समेत गरेको छ । अत्यावश्यक काममा बाहेक पाँच दिन छिमेकी स्थानीय तह एबम जिल्लााहरुबाट मोदी गाउँपालिकामा आवतजावत नगरिदिन पनि अनुरोध गरेको छ ।
गाउँपालिकामा गरिएको सम्पर्क पहिचानका २ जनामा कोरोना पुष्टि भएको र आगामी दिनहरुमा संक्रमण अझै उच्च हुन सक्ने भएकोले संक्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसीङ गर्ने काम भैरहेको पालिकाले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook