• होमपेज
  • पर्वतमा ९ सहित १ सय ७१ मा कोरोना पुष्टि, ३ को मृत्यु
Breaking News

पर्वतमा ९ सहित १ सय ७१ मा कोरोना पुष्टि, ३ को मृत्यु

गण्डकीमा कोरोना संक्रमणको जोखिम बढ्दै

पर्वत, कार्तिक १४ / पर्वत जिल्लामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकामा कुस्मा नगरपालिकामा ६ जना, जलजला गाउँपालिकामा २ जना र एक जनाको ठेगाना खुलेको छैन ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पर्वतको कुस्मा नगरपालिका वडा नं ७ की ५७ बर्षिया महिला, १३ की ३० बर्षिया महिला, ६ की १७ र २५ बर्षिया महिला, वडा नं ६ कै १५ बर्षिय पुरुष, वडा नं १० ३५ बर्षिया महिला रहेका छन ।
यस्तै पर्वतको जलजला गाउँपालिका ७ का ३५ बर्षिय पुरुष र ३ का ४९ बर्षिय पुरुष रहेका छन । यस्तै ठेगाना नखुलेको ३४ बर्षिय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । कुस्मा नगरपालिकाका स्वास्थ्य शाखाका अहेब अधिकृत यामप्रसाद सुबेदीका अनुसार थप भएका संक्रमितमा कोरोनाका कारण मृत्यु भएका ब्यक्ति र अन्य संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ्गमा पहिचान भएका हुन । कुस्मामा समुदायमा संक्रमण फैलदै गएका कारण शुक्रबार १ सय जनाको श्वाब संकलन गरिएको छ भने शनिबार थप १ सय जनाको श्वाब संकलन गर्ने तयारी रहेको शर्माले जानकारी दिनुभयो ।

यस्तै आजै गण्डकी प्रदेशमा १ सय ७१ संक्रमित थपिएका छन् । प्रदेशका ९ जिल्लामा १ सय ७१ संक्रमित थपिएकोमा
कास्कीका १ सय २३ जना छन् । पर्वतमा ९ बाहेक तनहुँमा १३, नवलपरासीमा ५, स्याङ्जा, म्याग्दीमा ४÷४, बागलुङमा ९, गोरखा र लमजुङमा २÷२ संक्रमित थपिएका छन् । गण्डकीमा यससँगै कुल कोरोना संक्रमितको संख्या ७ हजार ३ सय १६ पुगेको छ । तीमध्ये ४ हजार ६६ जना निको भएका छन् भने ७५ जनाको ज्यान गएको छ ।

विज्ञापन

आज ३ को मृत्यु

गण्डकीमा थप ३ संक्रमितको निधन भएको छ । मृत्यु हुनेमा बागलुङ, स्याङ्जा र कास्कीका १÷१ संक्रमित छन् ।

बागलुङको गलकोट नगरपालिका–३ का ७२ वर्षीय पुरुष संक्रमितको बिहिबार साँझ ५ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ । उनमा निमोनिया र उच्च रक्तचापको समस्या रहेको थियो ।

स्याङ्जाको वालिङ ५ की ७० वर्षीया महिला संक्रमित आज बिहान साढे ८ बजे उपचारका क्रममा मृत्यु भएको हो । उनमा रक्तअल्पता तथा क्षयरोगको समस्या थियो ।

पोखरा १५ का ८० वर्षीय पुरुष संक्रमितको आज होम आइसोलेसनमा मृत्यु भएको छ । उनमा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook