• होमपेज
  • पर्वतको कुस्माबजार एक हप्ता बन्द
Breaking News

पर्वतको कुस्माबजार एक हप्ता बन्द

पर्वतको सदरमुकाम कुस्माबजारमा शुक्रबार रातीदेखि एक हप्ता अत्याबश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ । पर्वतको कुस्माबजारमा समुदायमा कोरोनाको संक्रमण फैलिएपछि डिसिसिएमसीको बिहीबार सम्पन्न बैठकले एक हप्ता अत्याबश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

डिसिसिएमसीले कार्ति १४ गते शुक्रबार राति १२ बजेदेखि २१ गते सम्म कुस्मा नगरपालिकाको ४,५,६ र ७ वडा कार्यलय र कुश्मा नगरपालिकाका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण फैलन नदिन कुश्मामा रहेका सम्पुर्ण बैक तथा बित्तिय संस्था र अति अबश्यक बाहेकका सम्पुर्ण पसलहरु पनि बन्द गराउने निर्णय पनि गरेको छ ।

विज्ञापन

नगरपालिका र वडा कार्यालयबाट दिने सेवा बन्द गरेपछि सरकारी कार्यालयमा पनि भीड कम हुनेछ भने अत्याबश्यक बाहेक सबै सेवा बन्द गरिएका कारण भीडभाड कम हुँदा संक्रमण फैलन कम हुने बिश्वास लिइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।
पर्वतको कुस्माबजारमा दशै अगाडी देखि समुदायमा कोरोना संक्रमण फैलिएको छ भने एक हप्ताको अबधीमा दुई जनाको मृत्यु भैसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook