• होमपेज
  • कालीगण्डकी नदीमा जीप खस्दा एकको मृत्यु, १० जना घाईते
गण्डकी प्रदेश

कालीगण्डकी नदीमा जीप खस्दा एकको मृत्यु, १० जना घाईते

म्याग्दीको सदरमुकाम बेनी आउदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

बेनी-गलेश्वर सडकखण्डमा पर्ने बेनी नगरपालिका-८ जलेश्वरमा रघुगंगा गाउँपालिका-६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जिप शुक्रबार दिउँसो दुर्घटनामा परेको हो । जिप सडकबाट कालीगण्डकी नदी किनारमा खसेको थियो ।

विज्ञापन

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी अन्दाजी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख डीएसपी किरण कुँवरले दिएको विवरणअनुसार दुर्घटनामा परी घाइते हुनेहरुमा रघुगंगा गाउँपालिका-६ ठाडाखानीका वसन्त छन्त्याल, सोही ठाउँका जिप चालक नन्द छन्त्याल, कौसभा पाइजा, ठगकुमारी शेर्रपुजा, सिर्जना शेर्रपुजा, दीवा शेर्रपुजा, इच्छा शेर्रपुजा, दिक्षा शेर्रपुजा र बेनी नगरपालिका, ८ बस्ने दलप्रसाद गौचन रहेका छन् ।

घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेलाई पोखरा रिफर गर्ने तयारी भएको पनि प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook