• होमपेज
  • बाजुरामा एकै घरका ५ जना खोलामा बेपत्ता
Breaking News

बाजुरामा एकै घरका ५ जना खोलामा बेपत्ता

१६ असोज,

बाजुरामा एकै घरका ५ जना खोलामा बगेर बेपत्ता भएका छन् ।

विज्ञापन

हिमाली गाउँपालिका–५ कवाडी गाउँकी ३० वर्षकी सत्ता नेपाली ४ छोराछोरीसहित स्थानीय कवाडी खोलामा बगेर बेपत्ता भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

उनीसँगै ५, ४ र १ वर्षकी छोरी र २ वर्षका छोरा बेपत्ता भएको उनले जानकारी दिए । घटनास्थलबाट नजिक पर्ने प्रहरी चौकी बिछियामा उनीहरु नुहाउने क्रममा दिउँसो पौने ३ बजे बगेर बेपत्ता भएको जानकारी आएको प्रहरी निरीक्षक ठगुन्नाले बताए ।

अहिले उनीहरुको खोजीका लागि प्रहरी टोली घटनास्थलमा गएको छ । प्रहरी चौकी बिछियाबाट असई कर्ण बुढा र इलाका प्रहरी कार्यालय बुढीगंगाबाट सई नरेश शाहीको टोली घटनास्थलमा गएको छ ।

घटनास्थलमा पुगेको प्रहरी टोलीका अनुसार ती महिला घरबाट रिसाएर निस्केकी थिइन् ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook