• होमपेज
  • राजधानी विवादले प्रदेश ५ को सभामा यसरी भयो तोडफोड (भिडियो सहित )
Breaking News

राजधानी विवादले प्रदेश ५ को सभामा यसरी भयो तोडफोड (भिडियो सहित )

प्रदेशको नाम र राजधानी तोक्ने विषय संसदमा दर्ता गराउनका लागि बसेको प्रदेश ५ को प्रदेशसभा बैठक कुर्सी र माइक तोडफोडका बीच सम्पन्न भएको छ। बैठक चल्दै गर्दा कांग्रेस सांसदहरूले कुर्सी तोडफोड गरेपनि बैठक कार्यतालिका बमोजिम नै सम्पन्न भएको हो। अब अर्को बैठक भोलि १२ बजे बस्ने भएको छ।

प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङमा कायम गर्ने प्रस्ताव प्रदेश सरकारले प्रदेशसभामा दर्ता गराएपछि नेपाली कांग्रेसका सांसदहरूले विरोधमा कुर्सी र माइक तोडफोड गरेका हुन्। नेपाली कांग्रेसले प्रदेशको नाममा आपत्ति नजनाए पनि प्रदेश राजधानी भने बुटवल कायम गर्न माग गरेका छन्।

विज्ञापन

प्रदेश सरकारले भालुवाङमा राजधानी प्रस्ताव गरेपछि त्यसमा आज छलफल तोकिएको थियो। नेपाली कांग्रेसका सांसदको विरोधका बीच सभामुखले बैठक अगाडि बढाएपछि कांग्रेज सांसदहरूले कुर्सी र माइक तोडफोड गरेका हुन्।

बैठकको शुरूमा सभामुख पूर्णबहादुर घर्तीले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई प्रदेशको नाम र राजधानीबारेको प्रस्ताव छलफलका लागि पेस गर्न समय दिएका थिए।

मन्त्रीको प्रस्तावपछि विरोधकै बीच केही सांसदहरूले प्रस्तावमा आफ्ना धारणा राखेका थिए। बीचमा सभामुख घर्तीले छलफल सकिएको जानकारी दिँदै फेरी मन्त्री केसीलाई प्रश्नको जवाफ दिन समय दिएका थिए।

त्यसपछि सभामुख घर्तीले छलफल सकिएको र प्रस्तावमाथि संशोधन प्रस्ताव राख्न चाहनेहरूका लागि १८ घण्टाको समय दिएका छन्।

 

 

 

 

 

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook