• होमपेज
  • ओली–दाहालको भेटवार्ता सकियो, मन्त्रिपरिषद् बैठक बस्दै
Breaking News

ओली–दाहालको भेटवार्ता सकियो, मन्त्रिपरिषद् बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल भएको थियो।

उनीहरूबीच पार्टी एकताका बाँकी काम, मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल भएको छ। ६ असोजमा बसेको नेकपा सचिवालय बैठकले छिट्टै मन्त्रिपरिषद् पुनर्गठन गर्न, संवैधानिक निकायमा रिक्त पदपुर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो।

विज्ञापन

सचिवालय बैठकले पार्टीको सांगठिनक एकताको ठोस प्रस्ताव १० दिनभित्र सचिवालयमा पेश गर्न अध्यक्षद्वय ओली–दाहाल र महासचिव विष्णु पौडेलले जिम्मेवारी दिएको थियो। त्यसअघि अन्य केही विषयमा निर्णय गर्न सचिवालय बैठक बोलाउने भनिएपनि बैठक बोलाइएको छैन।

“उहाँहरूबीच विभिन्न विषयमा छलफल भएको छ। आजको छलफल सकियो, भोलि पनि फेरि छलफलमा बस्ने कुरा छ”, अध्यक्ष दाहालनिकट स्रोतले भन्यो।

ओली–दाहालबीच भेटवार्ता सकिएसँगै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्रीले आज बिहान मन्त्रिपरिषद् बैठक आह्वान गरेका थिए। सामान्यतयाः मन्त्रिपरिषद् बैठक सोमबार र बिहीबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओली आज आकस्मिक बैठक आह्वान गरेका हुन्।

बैठकका लागि बालुवाटार पुगिसकेको एक मन्त्रीले बताए। उनका अनुसार बैठक शुरू हुँदैछ। मन्त्रिपरिषद्को अघिल्लो बैठकमा प्रधानमन्त्री ओलीले ‘केही साथीहरूसँगको यो अन्तिम बैठक’ हुनसक्छ भनेका थिए। तर, यो बिचमा मन्त्रिपरिषद् पुनर्गठन भएन।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook