अफ्रिका । कोरोना संक्रमणबाट अफ्रिकामा एक नेपाली युवाको मृत्यु भएको छ । अफ्रिकाको युगाण्डामा कार्यरत पर्वतका यजेन्द्र (अर्जुन) प्रताप सेन ठकुरीको मृत्यु भएको छ ।
विगत १४ वर्षदेखि युगाण्डाको कम्पालामा कार्यरत रहेका ४७ वर्षीय उनको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएको हो । ‘उनको मृत्युले अफ्रिकाका कार्यरत सबै नेपालीहरु दुःखीत छौं ।’ गैरआवासीय नेपाली अभियन्ता तथा एनआरएनएका पूर्वकोषाध्यक्ष हिक्मत थापाले संसारन्युजसँग भने ।
विज्ञापन
उनमा पहिलेदेखि फोक्सो सम्बन्धी समस्या रहेको बताइएको छ । कोरोना संक्रमणबाट यसअघि पनि दक्षिण अफ्रिकामा नियालसन बखिम लिम्बूको मृत्यु भएको थियो ।
फेसबुक प्रतिक्रियाहरु