• होमपेज
  • शहर बजारमा निकै ठुलो ‘क्राइसिस’ देख्छु : प्रचण्ड
Breaking News

शहर बजारमा निकै ठुलो ‘क्राइसिस’ देख्छु : प्रचण्ड

‘खुलामञ्चमा भात खुवाएजस्तो गरेर हुँदैन, राज्यले दायित्व पुरा गर्नुपर्छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहर बजारमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरु कोभिड–१९ (कोरोनाभाइरस) का कारण निकै ठूलो संकटमा परेकाले सरकारले उनीहरुका लागि ‘विशेष राहत’ प्याकेज घोषणा गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत कुरा गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने बताएका छन् ।
खुमलटारस्थित आफ्नै निवासमा रातोपाटीसँगको अन्तरवार्ताका क्रममा प्रचण्डले कोरोना महामारीका कारण देशका मुख्य शहरहरुमा दैनिक ज्याला मजुदुरी गरेर जीवन  जिउनेहरु सबैभन्दा मर्कामा परेको आफूले पाएको भन्दै उनीहरुका लागि सरकारले केही न केही व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

विज्ञापन

‘कोरोनाका सन्दर्भमा सरकारसँग कुरा गरिराखेको छु । अझै गर्छु पनि । खासगरी शहर बजारमा मजदुरी गरेर जिविका गर्नेहरुलाई निकै ठुलो संकट छ’, प्रचण्डको भनाइ छ । उनले स्थायी नोकरी गर्नेहरुलाई खासै ठूलो समस्या नभएपनि ज्यालामजदुरी गरेरै बाँचेकाहरुलाई प्याकेजमा राहत उपलव्ध गराएर राहत प्रदान गर्नुपर्ने बताए । ‘ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुरहरुलाई प्याकेजमा राहत त दिनैपर्छ,’ प्रचण्डको भनाइ छ ।

उनले खुलामञ्चमा केहीकोही दाताले भात खुवाएजस्तो मात्र गरेर राज्यको दायित्त्व पूरा नहुने पनि बताए । ‘अहिले र दुई तीन महिनापछिको दशैँ तिहारसम्मको सिनारियो हेर्दा मुख्यतः शहरबजारमा निक्कै ठुूो क्राइसिस भएको देख्छु । त्यसैले देशभरका शहरहरुमा मजदुरी गरेर बाँच्नेहरुलाई जताबाट व्यवस्था गरेर भएपनि राहत त दिनैपर्छ भन्ने मलाइ लाग्छ’, प्रचण्डको जोड छ ।

कोरोनाका कारण सरकारले गत चैत ११ गतेबाट लकडाउन, निषेधाज्ञाजस्ता विधि अपनाएको थियो । जसका कारण दैनिक मजदुरी गरेर जिविको पार्जन गर्नेहरुको रोजीरोटी गुमेको थियो । यद्यपी अहिले धेरै व्यवसाय सञ्चालनमा आइसकेपनि तत्काल मजदुर वर्गले गुमेको रोजगारी पाउने अवस्था कमैमात्रमा रहेको छ । source ratopati.com

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार