• होमपेज
  • हातमा जुत्ता लिएर फलेवासका मेयर पहिरो पीडितको घरघरमा
कुश्मा नगरपालिका

हातमा जुत्ता लिएर फलेवासका मेयर पहिरो पीडितको घरघरमा

पर्वत : आईतबार राती आएको अबिरल बर्षापछि फलेवास नगरपालिकाका बिभिन्न क्षेत्रमा पुगेको क्षतीबारे जानकारी दिन नगरप्रमुख पदमपाणी शर्माले पहिरो गएका क्षेत्रहरुको अवलोकन गरेका छन् ।
पहिरो गएपछि मुडिकुवाको सिर्सुवामा ३ बर्षिया बालिकाको मृत्यू भएपछि नगर प्रमुख शर्मा सहितको टोलीले सोमबार पहिरोले क्षती पारेको देवीस्थान, खानगिाउँ, फलेवास, कुर्घा लगायत नगरका बिभिन्न ठाउँमा अवलोकन गरेर पिडितहरुको गुनासो सुनुवाई गरेको थियो । सोही क्रममा मंगलबार पहिरोका कारण घरहरु नै जोखिममा परेको क्षेत्र फलेवास नगरपालिका ३ शंकरपोखरीको रुग्दी र वडा नं. ४ मुडिकुवाको चुरीमा पुगेर टोलीले स्थलगत रुपमा नै क्षती भएको ठाउँहरुको अवलोकन गरेर फर्किएको छ ।


पहिरो पिडितहरुले राखेको गुनासो र मागपछि बोल्दै नगरप्रमुख शर्माले असिनाबाट पिडित बनेका कृषकहरुको घाउमा मल्हम लगाउन रासायनिक मल थोरै भए पनि वितरण गरिएको बताउँदै नगरपालिका सदैव जनताको हितको पक्षमा रहेको बताए । अहिलेको बाढी र पहिरोले नगरका धेरै ठाउँमा क्षती पुगेकोले सबैलाई राहत वा अन्य सक्दो सहयोगमा समेट्नुपर्ने भएकोले नगरपालिकाको तर्फबाट जे जति सहयोग गर्न सकिन्छ त्यसमा कुनै कसुर बाँकी नराख्ने शर्माको भनाई छ । तर सबै काम सरकारले नै गरिदेला भनेर आसामा मात्रै बाँच्दा र अरुमा परनिर्भर रहँदा नागरिक आफैलाई थप क्षती पुग्न सक्नेप्रति पनि नगरप्रमुख शर्माले सचेत गराएका छन् ।
ठूलो लगानीको काम गर्दा, सडक बनाउँदा, पहिरो मर्मत गर्दा स्थानीय तहको सहयोग चाहिने भए पनि बुझिएको नाली मिलाउन, भल काटेर फाल्न, आफ्ना घर अगाडि वा नजिकमा रहेको सडकका खाल्डा सामान्य रुपले भए पनि पुर्न नागरिक नै अग्रसर हुनुपर्ने नगरप्रमुख शर्माको भनाई छ ।
आईतबारको बाढी र पहिरोका कारण भएको क्षतीको विवरणहरु संकलन गर्ने काम भइरहेकोले यति नै क्षती भएको छ भन्ने अवस्था नरहेको फलेवास नगरपालिकाका प्रवक्ता टीकाराम गौडेलले जानकारी दिए । बिभिन्न ठाउँबाट नागरिकले फोन गरेर क्षतीको बारेमा जानकारी गराईरहेको र जनप्रतिनिधि तथा कर्मचारीहरुले ती ठाउँमै पुगेर अवलोकन गर्ने क्रम चलिरहेको उनको भनाई छ । मंगलवारको क्षती अवलोकन कार्यक्रममा नगरप्रमुख शर्मा सहित प्रवक्ता गौडेल, अन्य जनप्रतिनिधि, बिभिन्न राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता रहेको टोलीमा सहभागी यूवा लकास सुवेदीले जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook