• होमपेज
  • खुर्कोटका आधा दर्जन बस्ती जोखिममा, बस्ती संरक्षणका लागि पहल गर्ने साँसद गिरीको आश्वासन
कुश्मा नगरपालिका

खुर्कोटका आधा दर्जन बस्ती जोखिममा, बस्ती संरक्षणका लागि पहल गर्ने साँसद गिरीको आश्वासन

पर्वत– गाउँगाउँमा चौडा र चिल्ला सडक खन्ने होडबाजी छ । पछिल्लो समयमा बिकासको पहिलो पुर्वाधार भनेको नै सडक भएकाले सबै ठाउँमा बिकास भनेकै सडक हो भन्ने बुझाई छ ।

गाउँगाउँमा चिल्ला सडक पुगेपछि बिकासका धेरै अवसर आउँछन, बिकास संगै बिना पनि संगसगै आउने गर्दछन । पर्वतको कुस्मा नगरपालिका वडा नं २ खुर्कोटका लागि पनि बिकासका लागि चौडा सडक बनाउँदा बिनासको माध्यम बन्न पुगेको छ । कुस्माको छमर्केबाट छिपछिपे हुँदै कोटगाउँ पुग्ने सडक चौडा बनाउने क्रममा धेरै ठाउँमा बस्ती नै जोखिममा परेको छ भने कम्तीमा ५० परिवार बिस्थापित बन्न पुगेका छन ।

विज्ञापन

केही दिन देखि आएको भारी बर्षाका कारण सडकमा ठुलो बाढी आउँदा बस्तीमा पसेपछि घर भत्कने, पुरिने देखि धेरै ठाउँमा बस्ती नै बग्ने गरि पहिरो गएको हो । भिरालो जमिनमा चौडा सडक बनेका कारण बस्तीका धेरै ठाउँमा पहिरो गएको स्थानियबासीले बताएका छन । ‘सडक पनि चाहिएको छ, पक्की सडक बनाउने क्रममा बर्षाका कारण बाढी र पहिरोले धेरै बस्ती जोखिममा परे।’ तत्कालिन खुर्कोट गाबिसका अध्यक्ष मिनबहादुर रेग्मीले भन्नुभयो‘बस्ती पनि संरक्षण हुने र सडक बिस्तारको काम पनि संगसंगै गर्न आवश्यक छ।’ बाढी र पहिरोको कारण पाथ्रे ढुंगा, गहते, खाल्टा, खत्रीटोल, कोटगाउँ लगायतका बस्तीहरु जोखिममा छन ।

बाढी र पहिरोका कारण खुर्कोटको पाथ्रे ढुंगाको दलित बस्ती सबैभन्दा उच्च जोखिममा परेको छ । यो बस्तीका ३६ भन्दा धेरै घर जुनसुकै बेला पनि पहिरोमा बग्न सक्ने खतरा देखिएको छ। बस्ती माथिबाट खनिएको सडकबाट पहिरो झरेपछि बस्तीका केही घरमा गाह्रो भत्कने, धेरैमा पानी पसेर भत्कने अबस्थामा पुगेका छन । ‘सबैभन्दा बढी जोखिम यो बस्तीमा देखिएको छ।’ स्थालगत निरीक्षणमा पुग्नुभएका प्रतिनिधी सभाका सदस्य पदम गिरीले भन्नुभयो‘जोखिम हटाउन ब्यबस्थित नाली सहित पानीको निकास र जोखिममा रहेका घर तथा बस्तीको संरक्षण नगर्ने भहो भने धेरै ठुलो मानवीय र भौतिक क्षति हुने अबस्था देखिएको छ ।’ उहाँले सडक बिभाग, भू तथा जलाधार बिभाग र अन्य निकायबाट बस्ती र मानवीय दुर्घटना हुन नदिन आफ्नो ठाउँबाट तत्कालै काम थाल्न पहल गर्ने आश्वासन पनि स्थानियबासीलाई दिनुभयो ।

यसैगरी सडकको कल्र्भटबाट बगेको बाढी बस्तीमा पसेपछि खाल्टाको दलित बस्ती पनि जोखिममा छ । खाल्टामा बाढी पसेपछि धेरै दिन देखि रातभर जाग्राम बस्दै आएको स्थानिय तेजबहादुर दर्जीले बताउनुभयो । खत्री टोल लगायतका बस्तीबाट आउने बाढी सबै कल्र्भटबाट खाल्टाको बस्तीमा पुग्दा पानी पर्दा घर छाडेर हिड्न थालेको उहाँको भनाई छ । कल्र्भट हटाउने र पानीलाई खोलामा पुग्ने गरि ब्यबस्थापन गर्ने हो भने समस्या नआउने स्थानिय बताउँछन । बाढी पसेपछि स्थानिय गणेश्वर आधारभूत बिद्यालयका धेरै कोठा जलमग्न भएका छन । बिद्यार्थी र शिक्षकले हिलोमा नै पठनपाठन गर्दै आएका छन ।

बाढी र पहिरोले धेरै बस्ती जोखिममा परेपछि पर्वतबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य पदम गिरीले संगै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी सहित सबै सुरक्षा निकायका प्रमुखहरुले स्थलगत रुपमा निरीक्षण गर्नुभयो । बस्ती संरक्षण र सडक निर्माणलाई ब्यबस्थित गर्नका लागि पहल गर्ने आश्वासन सबैले दिनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook