• होमपेज
  • मध्यपहाडी लोकमार्गको पर्वत- बागलुङ खण्ड १० घण्टापछि सुचारु
Breaking News

मध्यपहाडी लोकमार्गको पर्वत- बागलुङ खण्ड १० घण्टापछि सुचारु

पर्वत,अविरल बर्षा सँगै आएको पहिरोले अबरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सुचारु भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत- बागलुङ सडक खण्डमा पर्ने पर्वतको कुश्मा नगरपालिका वडा नं. २ सहस्रधारामा आइतबार विहान पहिरो जाँदा सडक अबरुद्ध भएको हो ।

करिव ५ सय मिटर माथिवाट झरेको पहिरोले सडकको करिव ५० मिटर भाग पुरेको थियो । ठुलो पहिरो खसेकाले अवरुद्ध भएको १० घण्टापछि मात्र सुचारु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

विज्ञापन

आइतबार विहान ६ बजे भन्दा अघि पहिरो सडकमा झरेपछि अबरुद्ध भएको थियो । कोरोना महामारीको समयमा सडकमा सवारीको चाप घटेपनि सडक अवरुद्ध भएपछि अत्याबश्यक कामका लागि आवातजावत गर्ने सर्वसाधारणलाई समस्यामा परेका थिए । सडक सुचारु भएसँगै बागलुङ, म्याग्दी र मुस्ताङबाट अन्यत्रका लागि छुटेका र अन्यत्र वाट यि जिल्लामा आएका सवारीसाधनहरु गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त स्थानमा गएको साउनमा पनि पहिरो गएको थियो । पहिरो सँगै खसेको ठुलो ढुंगा फुटाउन नसक्दा अहिलेपनि सडक एकतर्फि जस्तै बनेको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook